इलाका प्रसाशन गौरीगञ्जका पुर्व प्रमुख आचार्यद्वारा बालबालिकालाई ट्रयाक सुट बितरण

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, १० असोज । ईलाका प्रसाशन कार्यालय गौरीगञ्जका पुर्व प्रमुख यज्ञ प्रसाद आचार्यले आफुले कखरा सिकेको बिद्यालय देबकोटा प्राबि तुलसीबारी कन्काई का बिद्यार्थीहरुलाई ट्रयाक सुट बितरण गरेका छन् । जाडो मौसम शुरु हुनै लाग्दा शुक्रबार आचार्यले बिद्यालयका ५६ जना बालबालिका हरुलाई ट्रयाक सुट बितरण गरेका हुन् ।
‘आफ्नो बाल्यकाल सबैलाई प्यारो हुन्छ र आफु पढेको बिद्यालय त झनै प्यारो हुदो रहेछ । मैंले आफ्नै बाल्यकाल सँझेर यहाँका बालबालिका हरुलाई ट्रयाक सुट बितरण गरेको हुँ ।’ – उनले भने ।


गौरीगञ्जमा ईलाका प्रसाशन कार्यालय स्थापना भए देखि नै आचार्य यहाँको प्रमुखको जिम्मेवारी सँगाल्दै आएका थिए गत बर्ष सरुवा भई उनि जिप्रका चन्द्रगढीमा कार्यरत थिए । हाल उनि ईलाका प्रसाशन दमकमा सेवारत छन् । गौरीगञ्जमा ईलाका प्रसाशन कार्यालयको सुदृढिकरण र स्थायित्वका लागि उनको योगदान अहिले पनि गौरीगञ्जबासीले सँझिने गरेका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *