यहाँ मान्छेले बनाको देउता भेटे
देउताले बनाको मान्छे भेटिन
तिनैको अविश्वास कति बटुल्नु
विश्वासको हाँसो कतै देखिन

आफु हराउँछ अनि आफैलाई
धैरै माथि देख्छ मान्छे
अरु कराउँदा छन् पीडाले
मानवताकै गीत लेख्छ मान्छे

भ्रम भित्र मुहार ठूलो देखेर
कुहिन्छ एउटा दिगो मान्छे
सिद्धान्तका झरीहरु जती परुन्
चुहिन्छ एउटा सिङ्गो मान्छे
रमेश कोइराला