२१ बैशाख, गौरीगञ्ज । साबिकको कोरोबारी ७ स्थित ग्रामथान (महाराज थान) जाने बाटोको आइतबार शिलान्यास गरिएको छ । गौरीगञ्ज २ का वडाध्यक्ष अघनु प्रसाद राजवँशीको समुपस्थितिमा भएको शिलान्यास मा जग्गादाताहरु ले माटो खनेर सडकको शिलान्यास गरेका छन् । सो ग्राम थान जाने सडक नहुदा बिभिन्न पर्व र पुजाहरुमा थान सम्म आउन जान समस्या हुदै आएको थियो ।
कोरोबारी युवा समाजलागायतका हरुको सकृयतामा स्थानियहरुले सडकका लागि जग्गा उपलब्ध गराएपछी सो सडक बन्ने भएको हो । स्थानिय कृष्ण ठाकुर, कुल ठाकुर, हिलो राजवँशी, लालवती राजवँशी, भोले राजवँशी र देव नारायण राजवँशीले सो सडकका लागि जग्गा उपलब्ध गराएका हुन् । शिलान्यास का अबसरमा सो ग्रामथानका पुजारी भक्तिराम राजवँशी, वडाध्यक्ष अघनु राजवँशी र जग्गादाता हरुले पालै पालो सडकमा माटो हालेका थिए । १० फिट चौडाईको सो सडक गाउँलेहरुको श्रम दान बाट निर्माण हुने कुरा वडाध्यक्ष राजवँशीले गौरीगञ्ज दर्पण डटकम लाइ बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *