ओलीको गृह नगरमा नै नेकपा पराजित

पढ्न समय: 4 मिनेट

दमक, २२ भदौ । दमक उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले सत्तारुढ नेकपाको प्रगतिशील व्यवसायीलाई हराउदै शानदार जित हासिल गरेको छ ।
आइतबार विहान मतगणनाको अन्तिम नतिजा अनुसार अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक र सत्तारुढ नेकपाको निकट प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० वटा पद जितेको छ । अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरी ४४ जना उम्मेदवारहरु निर्वाचनमा प्रतिष्पर्धी थिए ।
अध्यक्षमा प्रगतिशील समूहका बिमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ बिजयी बने । उनले १४११ मत प्राप्त गरी विजयी वने भने उनको प्रतिद्वन्दी नेकपा निकट प्रगतिशील समूहका विमल खतिवडाले ९१६ मत प्राप्त गरे । अध्यक्षमा ४९५ मतान्तर रहयो ।
पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष बाहेक सबै पदहरुमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायीहरु निर्वाचित भए । बरिष्ठ उपाध्यक्षमा १२७६ मत ल्याएर प्रगतिशीलका गोपाल गुरागाईं बिजयी बए । उनका प्रतिद्वन्दी लोकतान्त्रिकका सुरज आचार्यले १०२१ मत प्राप्त गरे ।
त्यसैगरी प्रथम उपाध्यक्ष लोकतान्त्रिकै राजु खड्काले १२०९ मत प्राप्त गरि बिजयी बने भने उनका प्रतिद्धन्दी प्रगतिशिलका युवराज घिमिरेले १०७३ मत प्राप्त गरे । यस्तै द्वितिय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङयाले १०१२ मत ल्याई विजयी वने भने उनका प्रतिद्धन्दी प्रगतिशिलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेदवार टिकाराम प्रसाईले ३५५ मत प्राप्त गरेका थिए ।
यस्तै ,तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु (१२०२ ) बिजयी बनिन् । उनले प्रगतिशिलका ज्ञाननाथ पौडेललाई पराजित गरेका थिईन् । पौडेलले १०६१ मत प्राप्त गरे ।

यसैगरी खुल्ला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुस्मा निरौला (११३६ ) र प्रगतिशिलकी लक्कि सिटौला( ९७९ ) बिजयी बनिन् । महिला सदस्यतर्फ नै स्वतन्त्र उम्मेदवार कबिता अधिकारी ५५०, प्रगतिशिलकी चन्द्रमाया निरौला (जमुना) ९०४ र लाकतान्त्रिककी दिलकुमारी सुब्बाले ९२३ मत प्राप्त गरेकी थिईन् ।

बस्तुगत तर्फलोकतान्त्रिक समूहबाट दुई जना र प्रगतिशिलबाट तिनजना बिजयी भएका छन् । लोकतान्त्रिकबाट मोहन ढकालले १३१६ र रुबल अधिकारीले ११९४ मत ल्याएर बिजयी वने भने प्रगतिशिलका गायत्री पौडेल १२९६, राजेश अधिकारी ११६३ र दिनेश सुवेदी ११८४ मत प्राप्त गरी बिजयी बने । बस्तुगत सदस्यमा लोकतान्त्रिकका तिलबहादुर डाँगी (तिलक )७७४,प्रकाश नेपाल ८९८, भेनस श्रेष्ठ ११४८ र प्रगतिशिलका राधाकृष्ण आचार्य ८७० मत पाएका छन् ।

यसैगरि ६ खुल्ला सदस्यतर्फ लोकतान्त्रिकका चन्द्र खत्री ( १२९४ ),तुलसीराम तिम्सीना ( ११८७ ) ,नविन अग्रवाल ( १२०३ ) र प्रगतिशिलका असिम राई ( १०८३ ) भरत कुमार चम्लागाई (१२२२) र राजकुमार थापा ( १२०५ ) मत प्राप्त गरि विजयी वनेका छन् । खुल्ला सदस्य पदम न्यौपाने १००१,रुपक दाहाल (रुपक) ९३०, संजित रौनियार ८३६,सुवासचन्द्र गड्तौला ९०१, सुमन काफ्ले ९३४ र सुरज लिम्बु ८९० ले मत पाएका थिए ।


तीन सदस्यीय लेखातर्फ संयोजकमा प्रगतिशिलका खोम प्रसाद बगालेले १२२३ मत ल्याएर विजयी वने भने उनका प्रतिद्धन्दी लोकतान्त्रिकका पारसमणी आचार्यले १०५९ मत प्राप्त गरे । दुई लेखा सदस्यमा लोकतान्त्रिका कृष्णराज दाहालले १३२४ र प्रगतिशिलका मोहन मागर मिनले ११०९ मत प्राप्त गरि विजयी बने । सदस्यतर्फ लोकतान्त्रिकका दिपेन्द्र तिवारी १०१२ र प्रगतिशिलका लाल बहादुर श्रेष्ठले ९७३ मत प्राप्त गरेका थिए ।
संघको तीन वर्से कार्यकालको गत शुक्रवार भएको निर्वाचनमा २६८० मध्ये २३३० मत खसेको थियो । निर्वाचनमा सत्तारुढ नेकपा निकट प्रगतिशिल र नेपाली कांग्रेससहितहका साना दलहरुको संयुक्त लोकतान्त्रिक व्यवसायी समूह प्रतिष्पर्धामा थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *