प्याब्सन गौरीगञ्जको अतिरिक्त कृयाकलाप : कुन प्रतियोगितामा कुन बिद्यालयले जीते हेर्नुहोस

पढ्न समय: 3 मिनेट


गौरीगञ्ज‚ २२ भदौ । बिभिन्न प्रतियोगिताहरुको आयोजना निजी तथा आबासीय बिद्यालयहरुको छाता सँगठन प्याब्सन गौरीगञ्जले अतिरिक्त कृयाकलाप कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।
कार्यक्रममा श्रुति लेखन‚ हाजिरि जवाफ‚ कबिता बाचन‚ चेस‚ बक्तृत्व कला‚ निबन्ध लेखन तथा चित्र कला प्रतियोगिता समाबेस गरिएको थियो । गौरीगञ्ज क्षेत्र भरिका बोर्डिङ स्कुलहरुको सहभागिता रहेको प्रतियोगिताहरुमा श्रुति लेखन क्षात्रा तर्फ देबकोटा सेकेन्डरीकी प्रनिशा दाहाल प्रथम ज्ञानकुञ्जकी रिया साह दृतिय र क्रिमसनकी आरती यादव तृतिय भएकी छिन् । त्यसै गरि श्रुति लेखन छात्र तर्फ देबकोटाकै नितेश कुमार हजाम प्रथम युनिभर्सलका टेकनारायण राजवँशी दृतिय र क्रिमसनका रबिन यादव तृतिय भएका छन् ।
कक्षा १ देखि ५ सम्मको हाजिरी जवाफ तर्फ क्रिमसनका सोनिया सँह र निसान्त यादव प्रथम‚ स्नो ह्वाइटका प्रशँसा मगर र करन राजवँशी दर्तिय र देबकोटाका मानिक श्रेष्ठ र समिक्षा घिमिरे तथा ज्ञानकुञ्जका आदित्य झा र ललिता सिँह तृतिय भएका छन् ।
कक्षा ६ देखि ८ सम्मको हाजिरी जवाफ तर्फ ज्ञानकुञ्जका सन्देश बस्नेत र रिया साह प्रथम‚ देबकोटाका शिर्षक रिमाल र रिता ढकाल दर्तिय र युनिभर्सलका साक्षी सिँह र नितिश यादव तृतिय भएका छन् ।
चेस प्रतियोगितामा ज्ञानकुञ्जका कृष्णमोहन रौनियार प्रथम भएका छन् भने ज्ञानोदयका बिकास राजवँशी दृतिय र देबकोटाका खिलराज ढकाल तृतिय भएकाछन् । त्यसैगरि कबिता लेखनमा छात्र तर्फ ज्ञानोदयका तुषार थापा प्रथम‚ युनिभर्सलका रुपेश सिँह र क्रिमसनका जितेन्द्र राजवँशी दृतिय तथा ज्ञानकुञ्जका युगेश कटवाल र देवकोटाका दुनराज सिँह तृतिय भएका छन् भने कबिता लेखन छात्रा तर्फ देबकोटाकी श्रीप्रभा बराल प्रथम ज्ञानोदयकी गरिमा कार्की दृतिय र ज्ञानकुञ्जकी बबिता साह तृतिय भएकीछन् ।
बक्तृ त्वकला छात्र तर्फ युनिभर्सलका बबलु यादव प्रथम देबकोटाका आकाश केसी दृतिय र ज्ञानकुञ्जका उज्वल साह तृतिय भएकाछन् भने बक्तृत्वकला छात्रा तर्फ ज्ञानकुञ्जकी खुशी पौडेल प्रथम देबकोटाकी मोनिका ढकाल दृतिय र स्नो ह्वाइटकी रञ्जना कुँवर तृतिय भएकी छिन् । सबै प्रतियोगिताका प्रथम दृतिय र तृतिय छात्रछात्राहरुलाइ प्रमाणपत्र र कप र तकमा सहित पुरस्कृत गरिएको थियो ।
ज्ञानकुञ्ज एकेडेमीको प्राङ्गनमा आयोजित कार्यक्रममा प्रमुख अतिथी गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र बिशिष्ट अतिथीहरुमा गापा उपाध्यक्ष दिपेन्द्र थापा इलाका प्रहरी प्रमुख गणेश भट्टराइ प्याब्सन झापाका सचिब जनार्दन ढकाल प्याब्सन झापाका पुर्व सल्लाहकार कमलेश्वर सिँह राजवँशी लगायतको उपस्थिती थियो भने प्याब्सन गौरीगञ्जका अध्यक्ष कमल राजवँशीको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको थियो । प्रमुख अतिथीको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले प्याब्सन गौरीगञ्जका कार्यक्रम र कृयाकलापमा गौरीगञ्ज गाउँपालिकाले समेत सहयोग गर्ने बचन बद्धता गरेकाछन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *