चितवनका ७४ वर्षीय फोक्सोका क्यान्सर पीडित एक वृद्ध कोरोनाबाट निको भएका छन्।
भरतपुर अस्पतालमा उपचाररत उनी श्रीमतीसहित शुक्रबार डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. प्रमोद पौडेलले जानकारी दिए।
झन्डै एक महिनाअघि ती वृद्ध र उनकी श्रीमतीमा संक्रमण पुष्टि भएको थियो। उनी परिवारसहित भारतमा क्यान्सरको उपचार गराएर फर्किएका थिए।
घर फर्किएर कोरोना परीक्षण गर्दा श्रीमतीसहित वृद्धमा संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्

