मंगलबार कोरोनाका ३ सय १६ संक्रमित थपिएका छन्।
यो संख्या थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।
त्यस्तै मंगलबार विभिन्न अस्पतालबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ५१ पुरुष र ९ महिला छन्।
यीसहित हालसम्म कुल ३ हजार १ सय ९४ जना कोरोनाबाट मुक्त भएका छन्।
२९ जनाले कोरोना संक्रमण भई ज्यान गुमाएका छन्।
प्रतिक्रिया लेख्नुहोस्

