असार १६, गौरीगञ्ज । आज झापामा दुई महिलासहित पाँचजना जिरोमा संक्रमित थपिएका छन् ।
थपिने संक्रमितहरु कनकाई नगरपालिकाका दुई महिला र दुई पुरुष छन् भने मेचीनगरका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । कुवेतबाट घर फर्किएर आदर्श विद्या मन्दिर क्वारेन्टाइनमा बसेका कनकाई नगरपालिका ८ का दुई महिलामा कोरोना देखिएको हो । त्यस्तै उद्योग बाणिज्य संघको क्वारेन्टाइनमा बसेका दुई पुरुषमा संक्रमण देखिएको छ । वडानं १ र ५ का ती पुरुषहरु दुबई र ओमनबाट फर्केका हुन् । त्यस्तै मेचीनगरका एक ब्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ । उनी भारतको हैदराबादबाट फर्केका हुन् ।मेचीनगर वडा नं १ को पबित्र माविको क्वारेन्टाइनमा रहेका वडा नं १ का २५ बर्षीय पुरुषमा कोरानाको संक्रमण पुष्टि भएको हो । । मेचीनगरमा मात्र संक्रमितको संख्या २० पुगेको छ । झापामा भने कोरोना संक्रमितको सँख्या २२९ पुगेको छ ।
झापामा ५ सहित आज प्रदेश नँ १ मा ११ सँक्रमित थपिएका छन् ।
झापामा ५, संखुवासभामा ३, सुनसरीमा २ र खोटाङमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १, कन्काईनमा ४, संखुवासभाको सभापोखरीमा ३, सुनसरीको इनरुवामा २ र खोटाङको दिक्तेलमा १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
प्रदेश १ मा संक्रमितको संख्या ५ सय ७८ पुगेको छ । प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ८ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापामा ५ सहित प्रदेश नँ १ मा थपिए ११ सँक्रमित
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्

