हिजो रातिदेखि अबरुद्ध गौरीगञ्ज क्षेत्रको बिद्युत केहिबेर पछी सुचारु हुने

पढ्न समय: 1 मिनेट

झापाको कमल गाउँपालिका स्थित पाडाजुङीमा रहेको काबेली करिडोर अन्तर्गतको शब स्टेसनमा बिद्युतीय उपकरणमा खराबी आएपछि दमक गौरीगँज आसपासका क्षेत्रमा बिगत १९ घण्टादेखी विद्युत आपूर्ती ठप्प छ । शब स्टेसनमा रहेको सिटिपिटीमा सनिबार साझ ७ बजेदेखी खरबी आएको हो । सिटिपिटिमा खराबी आएपछि मर्मतका लागि गएका विद्युत प्राधिकरणका कर्मचारी ५५ बर्षीय प्रेम खतिवडाको करेण्ट लागेर मृत्युभएपछि मर्मत कार्य ढिला हुदा १९ घण्टादेखी दमक, गौरादह, उर्लाबारी, गौरिगञ्ज र कमल गाउपालिकामा विद्युत आपूर्ती ठप्प भएको छ । अहिले मर्मत कार्य जारी रहेको र अबको केही घण्टामै विद्युत आपूर्ती सुचारु हुने विद्युत प्राधिकरण दमक बितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार यादबले जानकारी दिनुभएको छ । 

हिमशिखरबाट साभार

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *