गौरीगञ्ज । २० असार । गौरीगञ्ज गाउँपालिका वडा नँ ५ को कार्यालयले वडाको दक्षिणी भेगका महिलाहरुलाई जनचेतना तथा क्षमता बिकास अभिबृद्धि सँबन्धी एक दिने तालिम दिएको छ ।
डाँगीटोल स्थित जनता बाल बिकास आबि को हलमा सञ्चालित तालिममा ४ ।दर्जन भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो ।
वडाध्यक्ष बिजय प्रसाद सिँह गन्गाईको सभापतित्वमा भएको तालिममा प्रमुख प्रशिक्षक कबिता शर्मा आचार्यले महिला हिन्सा र सो सँबन्धी बनेको कानुनका बारेमा प्रशिक्षण दिएका थिए भने प्रशिक्षक अशोक गिरीले नेतृत्व बिकास सँबन्धी प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्





