गौरीगञ्जमा रोलरले किच्दा दुई घाईते

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । २२असार ।निर्माणाधिन गौरीगञ्ज- अल्ताबारी सडकमा काम गरिरहेको रोलर सँग ठोक्किदा दुई जना घाईते भएका छन् । साईकलमा सबार गौरीगँज ३ हुक्कागाछीकि अन्दाजि २५ बर्षिया यसोदा महतो र उनका छोरा ४ बर्षिय गोपाल महतो घाईते भएका छन् ।
बिहानको समय छोरालाई स्कुल पुर्याउन गौरीगञ्ज तर्फ आईरहेका आमा छोरा सबार साईकल चालु अबस्थामा रहेको रोलरमा ठोक्किन पुगेको थियो । रोलरमा ठोक्किदा साईकल कामै नलाग्ने गरि कुच्चिएको छ भने रोलरमा छोराको खुट्टा पस्दा खुट्टा मा गहिरो चोट लागेको छ भने आमाको टाउकोमा चोट लागेको छ ।
घाईतेहरुको दमकमा उपचार हुन नसकेपछी बिराटनगर स्थित न्युरो अस्पताल लगिएको कुरा पारिबारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *