स्थानीय जनतालाई बेवास्था गर्दै बस्यो गौरीगञ्जको चौथो गाउँसभा : ३४ करोड ९३ लाख ५३ हजारको बजेट प्रस्तुत

पढ्न समय: 5 मिनेट


मदन राजवँशी मनप्रीत । गौरीगञ्ज । सामान्यतया कुनैपनि स्थानीय तहको गाउँसभा वा नगरसभा बस्दा स्थानीयबासीलाइ पुर्व जानकारी दिइन्छ । स्थानीय स्तरमा सकृय राजनैतिक दल सँघ सँस्था वा बुद्दिजिबिहरुलाइ सो सभामा निम्तो गरिन्छ र तिनिहरुबाट सल्लाह र सुझाब सँकलन गरि बार्षिक निति तथा कार्यक्रम तय गरिन्छ । तर झापाको गौरीगञ्ज गाउँपालिकाले आफ्नो तेस्रो गाउँसभादेखि नै यो परम्परा लाइ लत्याउदै चुपचाप गाउँसभा बस्दै आएको छ । गाउँपालिकाको चौथो गाउँसभा पनि मँगलबार गुपचुप रुपमै शुरु भएको छ ।
गाउँपालिकाले पहिलो र दोस्रो गाउँसभा बस्दा स्थानीय स्तरमा सकृय राजनैतिक दल सँघ सँस्था तथा भुपु जनप्रतिनिधिहरुको रोहबरमा गाउँसभा सम्पन्न गरेको थियो तर गत माघमा तेस्रो गाउँसभा बस्दा गाउँपालिकाले स्थानीय जनता तथा राजनैतिक दल र सँघ सँस्थाहरुलाइ बेवास्था गर्दै गुपचुप रुपमा गाउँसभा सम्पन्न गर्यो । यसै परम्परालाइ निरन्तरता दिदै चौथो गाउँसभा समेत स्थानीय जनतालाइ बेवास्था गर्दै गुपचुप रुपमै शुरु भएको छ ।
बिहान ११ बजे शुरु गर्ने भनिएको गाउसभा दिउसो १ बजे मात्र शुरु भएको थियो भने जनताको लागि प्रस्तुत गर्ने भनिएको निति तथा कार्यक्रम सुन्न कुनै स्थानीय जनतालाई बोलाईएको थिएन । उपाध्यक्ष दिपेन्द्र थापाले केबल निर्वाचित जनप्रतिनिथी र कर्मचारीहरुलाई राखेर निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
“जनप्रतिनिधिहरुले जनताको भावना अनुसार काम गर्नु पर्ने हो तर गौरीगञ्जको हकमा जनप्रतिनिधि र जनता बिच दुरी बढि रहेको अबस्था छ । अहिलेको अबस्थामा जनप्रतिनिधिहरुले जनताको घरघर गएर सुझाव सँकलन गरि कुनै पनि काम गर्नु पर्ने अबस्थामा जनताको भावना बिपरित जनतालाइ बेवास्था गर्दै अघि बढि रहेको छ । यो गाउँसभा यसैको निरन्तरता हो”— नेकपाका प्रदेश सदस्य तथा स्थानीय हृदय ठाकुरले भने । उनले भने— जनता सँग प्रत्यक्ष सरोकार राख्ने कामहरु यसरी गुपचुप गरिनु दुर्भाग्य पुर्ण छ ।
नेपाली काँग्रेसका महा समिती सदस्य तथा तत्कालिन गौरीगञ्ज गाबिसका पुर्व अध्यक्ष देवी प्रसाद राजवँशी भन्छन् —“अहिलेको नियम कानुन केछ त्यो उनिहरुलाइ नै थाहा होला तर कमसेकम जनता र यहाँको बिकास सँग प्रत्यक्ष सरोकार राख्ने गाउँसभा बस्दा स्थानीय राजनैतिक दलका प्रतिनिधि सँघ सँस्थाहरुलाइ जानकारी गराएर उनिहरुसँग सल्लाह र सुझाब लिएर बस्नु राम्रो हुन्थ्यो । उनले प्रति प्रश्न गर्दै भने गाउँसभा केका लागि बस्ने हो ? कति आमदानी भयो कति खर्च भयो त्यो जनतालाइ सुनाउनलाइ हैन ?
गौरीगञ्ज गाउँपालिकाले आब २०७३—७४ को आय ब्यय समेत सार्वजनिक गरेको छैन भने चालु आब २०७४—७५मा शुरु भएका धेरै योजनाहरु यो बर्ष सम्पन्न नहुने अबस्थामा छन् ।
गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा द्वारा प्रस्तुत बार्षिक निति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, सहकारी, शिक्षा, स्वास्थ्य खानेपानी सरसफाई सँस्कृति, खेलकुदतथा पुर्वाधार बिकासका कुराहरुलाई समेटिएको छ \
छोटि भन्सारको स्तरोन्नती, हुलाकी सडक र से अन्तर्गत रहेका पुल कल्भर्टहरुको निर्माण गर्न सँबन्धित निकायमा आबश्यक पहल गर्ने, तथा गौरीगञ्ज गाउपालिकालाई नमुना आधुनिक सहरको रुपमा बिकास गर्ने लगायतका नितिहरु यस बर्षको निति तथा कार्यक्रममा समेटिएको छ |
उपाध्यक्ष थापाले आगामी आर्थिक बर्षका लागि ससर्त अनुदानको रु १२ करोड ९५ लाख सहित कुल ३४ करोड ९३ लाख ५३ हजारको अनुमानित बजेट समेत प्रस्तुत गरेको छ । गाउँपालिकाले सबैभन्दा बढि बडागत कार्यक्रमका लागि ४ करोड र सडक तथा पुल निर्माणमा ३ करोड ५० लाख बजेट छुट्याएको छ |
गाउँसभाको उद्घाटन सत्रमा बोल्दै वडा नँ एकका वडाध्यक्ष कातिकलाल राजवँशीले वडाको सिलिँग बजेट छुट्याउँदा बराबर रुपमा नभई प्रत्येक वडाको आवश्यक्ता र ठोस योजना अनुसार छुट्याईनु पर्ने कुरा ब्यक्त गरेका थिए त्यसै गरि वडा सदस्यका तर्फबाट बोल्दै उदिम राईले सरकारले दिएको बजेटलाई भाडो रित्तिने गरि खर्च गर्न नसकेकोमा दुख ब्यक्त गर्दै बजेटलाई काममा परिणत गर्नु पर्ने कुरा बताए | वडाध्यक्ष मखना महतोले जनप्रतिनिधि र कर्मचारीको स्वस्थ्य समन्बय बिना गाउँपालिकाको बिकास सँभब नभएको बताए | त्यसै गरि कार्यपालिका सदस्यका तर्फबाट बोल्दै रिता तामाँगले गत बर्षको निति तथा कार्यन्बयनमा चित्त नबुझेको कुरा बताए |
उद्घाटन समारोह समापनको घोषणा गर्दै अध्यक्ष बाबुराजा श्रेष्ठले निति तथा कार्यकर्मको कार्यन्बयन तथा बजेट खर्च गर्न नसक्नुको कारण यहि गाउँसभाको बन्द सत्रमा खोजि गरिनु पर्ने कुरा बताएकाछन्.

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *