स्थानीय तहलाइ बजेट सक्ने चटारो : फर फारक गर्नु पर्ने बेला धमाधम योजना सँझौता गर्दै

पढ्न समय: 4 मिनेट


मदन राजवँशी मनप्रीत
। गौरीगञ्ज १२ असार । चालु आर्थिक बर्ष सक्किन २० दिन मात्र बाकी रहँदा झापाको गौरीगञ्ज गाउँपालिकामा धमाधम नयाँ योजना सँझौता हुन थालेको छ । दोस्रो गाउँसभाबाट चालस आर्थिक बर्षको योजनहरु छनौट भएको ११ महिना बसति सक्दा समेत सुशुप्त रहेका उपभोक्ता समितीहरु अहिले आर्थिक बर्षको अन्त्यमा धमाधम योजना सँझौता गर्न थालेका छन् ।
गौरीगञ्ज गाउँपालिकाको योजना शाखाको रेकर्ड अनुसार असार ८ गते यता ७ वटा नयाँ योजनाहरु सँझौताहरु भएको देखिन्छ । वडा नँ २ को बगाहाचौधरी बजारमा प्राँगारिक तरकारी स्टल निर्माण योजनाको सँझौताअसार ११ गते भएको छ जबकी यो योजनाको उपभोक्ता समितीको गठन गत साल पुस १० गते नै भएको थियो । ६ महिना सुतेको अबस्थामा रहेको समितीले आर्थिक बर्ष सक्किन लाग्दा बल्न निर्माण कार्यमा चेष्टा देखाएको छ यो रु ४ लाख ३८ हजार ५०० बजेटको योजना हो । त्यसै गरि रु १० लाखको लागत बजेट रहेको वडा नँ ५ को रतुवा तटबन्ध योजनाको उपभोक्ता समिती गत बैशमख ११ गते नै गठन भएपनि योजना सँचालनका लागि बल्ल असार ११ गते गाउँपालिका सँग सँझौता गरेको देखिन्छ भने रु ३ लाखको लागत रहेको वडा नँ २ को कोरोबारी खोप केन्द्र भवन निर्माणको सँझौता पनि भरखरै असार ९ गते भएको छ जबकी यो समितीको गठन जेठ ९ गते नै भएको हो ।
रु १ लाख बजेटको वडा नँ ४ को ह्युमपाइप ब्यबस्थापनको सँझौता पनि भरखरै असार ११ गते भएको देखिन्छ भने वडा नँ ५ को छहारी चोक देखि चिल्हारा हुदै बहुभाषिक स्कुल सम्मको ग्राभेल बाटोको रु १ लाखको सँझौता पनि असार १० गते भएको हो यो उपभोक्ता समिती पनि यहि हप्ता अर्थात असार ७ गते नै भएको देखिन्छ । वडा नँ ५ कै रतुवा चोकदेखि रमभन्जुको घर हुदै रतुवा खोला सम्मको सडक ग्राभेल योजनाको सँजौता असार ८ गते भएको देखिन्छ । रु २ लाखको बजेट रहेको यो योजनाको उपभोक्ता समिती जबकी जेठ ३ गते नै गठन भएको हो ।
बजेट नसकिएपछी केहि वडाहरुले लक्षित बर्गका लागि छुट्याईएको रकमबाट जथाभावी साडि, झुल सिरक लगायतका सामान बितरण गरि रहेका छ । वडा नँ ३ ले केहिदिन अघि बिना सुचना डस्बिन बितरण गरेको थियो भने अहिले बिना सुचना दलितका नाममा झुल बितरण गरि रहेको छ । यहि वडाले केहि समय अघि गर्मि मौसममा सिरक बितरण गरेको थियो । वडा नँ ५ ले सोलार बाड्ने योजना राखेको छ भने वडा नँ ४ ले पनि दलित लक्षित सामग्री बाड्ने योजनामा छ
योजना शाखाका प्रमुख नारायण चँदारा भन्छन् । आर्थिक बर्ष सक्किन लाग्यो । यो योजना फरफाराक गर्ने सिजन हो तर दुर्भाग्य अहिले उपभोक्ता समितीहरु धमाधम नयाँ सँझौता गर्न आइरहेका छन् ।
स्थानीय युवा महेन्द्र रिजाल भन्छन् — अहिले योजना सँझौता गरेर २० दिन भित्र कुनै पनि हालतमा योजना सम्पन्न हुदैन । भइहाले पनि त्यो हतारको काम एकदमै कमजोर हुन्छ । गौरीगञ्ज गाउँपालिकाले चालु आर्थिक बर्षको योजना फरफारक गर्न गाउँपालिकाको बजेटबाट सँचालिक योजनाको हकमा असार २५ गते भित्र र अन्य बाह्य श्रोतबाट सञ्चालित योजनाहरुका हकमा असार २२ गते सम्म फरफारक गरि सक्नु पर्ने सुचना टाँस गरेको छ । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ भन्छन् — कम्तिमा पनि असार मसान्त सम्म योजना फरफारक गरि सक्नु पर्छ । भरखरै सँझौता भएका योजनाहरु अब २० दिन भित्र फरफारक हुन कतिको सँभब छ भन्ने जिज्ञासामा उनले सँभव हुने योजनाहरु सँझौता गर्ने हो नहुने योजनाहरु सँझौता गर्न नमिल्ले कुरा बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *