मदन राजवँशी मनप्रीत । ९ असार गौरीगञ्ज । सामान्यतया कुनैपनि स्थानीय तहको गाउँसभा वा नगरसभा बस्दा स्थानीयबासीलाइ पुर्व जानकारी दिइन्छ । स्थानीय स्तरमा सकृय राजनैतिक दल सँघ सँस्था वा बुद्दिजिबिहरुलाइ सो सभामा निम्तो गरिन्छ र तिनिहरुबाट सल्लाह र सुझाब सँकलन गरि बार्षिक निति तथा कार्यक्रम तय गरिन्छ । तर झापाको गौरीगञ्ज गाउँपालिकाले आप्नो तेस्रो गाउँसभादेखि नै यो परम्परा लाइ लत्याउदै चुपचाप गाउँसभा बस्दै आएको छ । गाउँपालिकाको चौथो गाउँसभा पनि भोली मँगलबार गुपचुप रुपमै बस्ने भएको छ ।
गाउँपालिकाले पहिलो र दोस्रो गाउँसभा बस्दा स्थानीय स्तरमा सकृय राजनैतिक दल सँघ सँस्था तथा भुपु जनप्रतिनिधिहरुको रोहबरमा गाउँसभा सम्पन्न गरेको थियो तर गत माघमा तेस्रो गाउँसभा बस्दा गाउँपालिकाले स्थानीय जनता तथा राजनैतिक दल र सँघ सँस्थाहरुलाइ बेवास्था गर्दै गुपचुप रुपमा गाउँसभा सम्पन्न गर्यो । यसै परम्परालाइ निरन्तरता दिदै भोली चौथो गाउँसभा समेत स्थानीय जनतालाइ बेवास्था गर्दै गुपचुप रुपमै शुरु हुने भएको छ ।
“जनप्रतिनिधिहरुले जनताको भावना अनुसार काम गर्नु पर्ने हो तर गौरीगञ्जको हकमा जनप्रतिनिधि र जनता बिच दुरी बढि रहेको अबस्था छ । अहिलेको अबस्थामा जनप्रतिनिधिहरुले जनताको घरघर गएर सुझाव सँकलन गरि कुनै पनि काम गर्नु पर्ने अबस्थामा जनताको भावना बिपरित जनतालाइ बेवास्था गर्दै अघि बढि रहेको छ । यो गाउँसभा यसैको निरन्तरता हो”— नेकपाका प्रदेश सदस्य तथा स्थानीय हृदय ठाकुरले भने । उनले भने— जनता सँग प्रत्यक्ष सरोकार राख्ने कामहरु यसरी गुपचुप गरिनु दुर्भाग्य पुर्ण छ ।
नेपाली काँग्रेसका महा समिती सदस्य तथा तत्कालिन गौरीगञ्ज गाबिसका पुर्व अध्यक्ष देवी प्रसाद राजवँशी भन्छन् —“अहिलेको नियम कानुन केछ त्यो उनिहरुलाइ नै थाहा होला तर कमसेकम जनता र यहाँको बिकास सँग प्रत्यक्ष सरोकार राख्ने गाउँसभा बस्दा स्थानीय राजनैतिक दलका प्रतिनिधि सँघ सँस्थाहरुलाइ जानकारी गराएर उनिहरुसँग सल्लाह र सुझाब लिएर बस्नु राम्रो हुन्थ्यो । उनले प्रति प्रश्न गर्दै भने गाउँसभा केका लागि बस्ने हो ? कति आमदानी भयो कति खर्च भयो त्यो जनतालाइ सुनाउनलाइ हैन ?
गाउँसभा बस्दा जनतालाइ किन सुचना दिइदैन भन्नेबारे जिज्ञासा राख्न गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ फोन सम्पर्क गर्न खोज्दा उनले केहि क्षण पछी फोन गर्छ भन्दै फोन काटे भने उपाध्यक्ष दिपेन्द्र थापाले पोन नै उठाएनन् । गौरीगञ्ज गाउँपालिकाले आब २०७३—७४ को आय ब्यय समेत सार्वजनिक गरेको छेन भने चालु आब २०७४—७५मा शुरु भएका धेरै योजनाहरु यो बर्ष सम्पन्न नहुने अबस्थामा छन् ।
फेरी पनि गुपचुप मै गाउँसभा बस्दै गौरीगञ्ज गाउँपालिका
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

