
गौरीगञ्ज २८ चैत । लक डाउनको बेला अति बिपन्न परिबारलाइ राहत दिन गौरीगञ्ज गाउँपालिकाले स्थापना गरेको बिपद ब्यबस्थापन राहत कोषमा सहइवग आउन जारि छ । बिहिबार सो कोषमा झापाको काकडभिट्टा केन्द्रिय कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी सँस्था
एनएमसी ले २ हजार किलो चामल सहयोग गरेका छन् । सँस्थाको गौरीगञ्ज शाखाका सँयोजक नारायण अधिकारीको नेतृत्वमा गएको टोलीले १० किलो दरका २ सय प्याकेट चामल गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ हस्तान्तरण गरेका छन् । एनएमसीले झापाका १५ वटै पालिकामा लक डाउनका बेला ३४ हजार किलो चामल सहयोग गरेको कुरा सँस्थाले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

