सञ्चार मन्त्री बास्कोटाले दिए राजिनामा

पढ्न समय: 1 मिनेट

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।

केहि बेर अघि प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको बताएका हुन् । मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले संसदलाई मन्त्री बास्कोटाले राजीनामा दिइसकेको जानकारी आफूले पाएको बताएका हुन् । 

- Advertisement -
Ad image

मन्त्री बास्कोटाले राजीनामा दिएको जानकारी अनौपचारिक रुपमा आफूले पाएको र यससम्बन्धमा लिखित जानकारी आउने विश्वास व्यक्त गर्दै उनले प्रतिपक्षी दललाई संसदको कारवाही अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *