सँस्थागत बिद्यालयका सञ्चालकहरुले बुझाए स्थानिय सरकारलाइ ज्ञापन पत्र

पढ्न समय: 2 मिनेट


२ साउन गौरीगञ्ज ।‌ प्याबसन र एनप्याब्सन मा आबद्ध देश भरका निजि तथा सँस्थागत विद्यालयहरुले देशै भरी आ आफ्ना स्थानिय सरकार हरुलाइ ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार आज गौरीगञ्ज क्षेत्रमा सञ्चालित निजि तथा सँस्थागत बोर्डिङ स्कुलका सञ्चालकहरुले गौरीगञ्ज गाउँपालिकामा ७ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका छन् ।

- Advertisement -
Ad image


कोरोना महामरीले अस्तब्यस्त भएको विद्यार्थि हरुको पठनपाठन शुचारु गर्नका लागि नयाँ बिद्यार्थी भर्ना, पुराना बिद्यार्थीहरुको अभिलेखिकरण गरि पाठ्यपुस्तक लगायत शिक्षण सामग्रीहरु ब्यबस्थापन गर्ने बाताबरण मिलाउन, पालिका भित्र कोरोना महामारीको अबस्थाको अध्ययन गरि सँभब भएसम्म आबश्यक पुर्वाधार ब्यबस्थापन सहित जोर बिजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्ने ब्यबस्था मिलाउन , सरकारले लकडाउनको बेला शुल्क उठाउन बन्देज लगाएको बेला बिद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलब सुबिधा ब्यवस्थापनका लागि आवश्यक सहयोग गर्न लगायतका ७ बुँदे माग सहित ज्ञापन पत्र बुझाइएको छ ।
प्याबसन गौरीगञ्जका अध्यक्ष कमल राजवँशी तथा प्याबसन झापाका सचिब जनार्दन ढकाल सहित गएको सँस्थागत बिद्यालयका सञ्चालकहरुको टोलीले गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिती सँयोजक दिपेन्द्र थापा लाइ सो ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष थापाले सँस्थागत बिद्यालयका सञ्चालकहरुको माग जायज भएको र सो मागहरुको बारेमा प्याबसन प्रतिनिधि, अभिभावक, शिक्षक तथा जनप्रतिनिधी लगायतको सर्वपक्षिय भेला बाट निश्कर्ष निकालि चाडै निकास दिइने कुरा बताए । लामो समय देखि तलब पाउन नसकेका निजि बिद्यालयका शिक्षकहरुको राहतका लागि छैठौ गाउँसभा बाट रु ८ लाख रुपैंया राहत छुट्याइएको कुरा बताउदै उपाध्यक्ष थापाले सर्ब पक्षिय छलफलबाट आबश्यक सावधानि अपनाएर भदौ देखि बिद्यालयहरु सञ्चालन हुने बाताबरण मिलाउने आश्वासन दिएका छन् ।‌

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्