गौरीगञ्ज भदौ १ । यस बर्ष देखि गौरीगञ्जमा हुने भनिएको राधाकृष्ण रथ यात्राको तयारी अन्तिम अबस्थामा पुगेको छ ।
यहि भदौ ७ गते शनिबारका दिन गौरीगञ्ज ६ खजुरगाछी स्थित राधाकृष्ण मन्दिर बाट निकाल्ने तयारी भएको रथ यात्राको लागि राधाकृष्ण को रथ श्रृँगार्ने जिम्मा गौरीगञ्जका सञ्चारकर्मी मदन राजवँशीलाइ दइएको छ राजवँशी गौरीगञ्जका पुराना रँगकर्मी हुन । रथ श्रृँगार्न उनलाइ गौरीगञ्जकै पुराना रँगकर्मी दिपक श्रेष्ठले साथ दिइरहेका छन् । रथको परिकल्पना स्थानीय मुकेश साह र श्रबण राजवँशीले गरेका हुन |
त्यसै गरि रथयात्राका लागि चाहिने बिभिन्न मुर्तीहरु बनाउने जिम्मा मोहनदेब मालीलाइ दिइएको छ ।
प्रचार प्रसारका साथै मुर्ती र रथको तयारी अन्तिम अबस्थामा पुगेको कुरा रथयात्रा समितीका सँयोजक मुकेश साहले जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

