वडा नँ ४ ले बाँड्यो उत्कृष्ट बिद्यार्थीलाइ साइकल र जेष्ठ नागरिकलाइ छाता

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ६ को कार्यालयले सामुदायिक बिद्यालयबाट एसइइ परीक्षामा उत्कृष्ट अँक ल्याउने आफ्ना वडाका ६ जना बिद्यार्थीहरुलाइ साइकल बितरण गरेको छ । गौरीगञ्ज माबि बाट एसइइ परीक्षा दिने ४ जना र खजुरगाछी उच्च माबि बाट परीक्षा दिने दुइ जनाले साइकल पाएका हुन् ।
त्यसै गरि सो वडाले आफ्ना वडा भित्रका १ सय ८० जना जेष्ठ नागरिकहरुलाइ समेत छाता बितरण गरेको छ । लक्षित बर्गको बजेट अन्तर्गत सो सामग्री बितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र थापाको प्रमुख र बिशेष आतिथ्यमा सम्पन्न सामग्री बितरण कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद गिरीले सभापतित्व गरेका थिए भने वडा सचिब अजय साहले कार्यक्रम सहजिकरण गरेका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *