रहेनन् गौरीगञ्जका पुराना उद्योगि राजवँशी

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । गौरीगञ्ज बजारका पुराना उद्योगी डोमनलाल राजवँशीको निधन भएको छ । बुधबार बिहान ४ ३० बजे ७६ बर्षिय राजबँशीको निधन भएको हो ।
राजवँशी पछील्लो समय प्रेसर र दम रोगले पिडित हुनु हुन्थ्यो ।
गौरीगञ्ज बजार बिस्तार र प्रबर्धनमा उद्योगी राजवँशीको बिशेष योगदान थियो । तिसको दशकमा राजवँशीले गौरीगञ्ज र आसपास कै क्षेत्रमै पहिलो पटक पाउरोटी उद्योग सञ्चालनमा ल्याएका थिए । त्यस बेला सो उद्योगले गौरीगञ्जका अन्य ब्यापार र पसल प्रबर्धनमा टेवा पुर्याएका थिए भने दर्जनौ स्थानियले रोजगार पाएका थिए । चालिसको दशकको अन्त्य तिर आधुनिक मेसिन र प्रबिधि भित्रिए पछी सो उद्योग बन्द भएको थियो ।
गएको बर्ष आठमौजा बचत तथा ऋण सहकारी द्रारा प्रदान गरिने जेष्ठ नागरिक सम्मान द्वारा उहा सम्मानित हुनु भएको थियो ।
राजवँशीका तिन छोरा र तिन छोरी छन् । गौरीगञ्जका सञ्चारकर्मी मदन राजवँशी उनका कान्छा छोरा हुन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *