२ असार गौरीगञ्ज । लायन्स क्लब अफ दमक गोल्ड ले गौरीगञ्ज गाउँपालिका भित्रका एक अपाँगता भएका ब्यक्तिलाइ ह्वील चियर सहयोग गरेकाछन् । गौरीगञ्ज ६ खजुरगाछी का ३६ वर्षिय रञ्जित थापालाइ सो सहयोग गरिएको हो । नेपाल अपँगता सहयोग समितिको समन्बयमा सँस्थाका प्रेसिडेन्ट काशी खाति सचिब नबिन ताम्राकार प्रथम उपाध्यक्ष रिङ कुमार आचार्य लगायत सँस्थाका पदाधिकारीहरु र गौरीगञ्ज गाउँपालिकामा उपाध्यक्ष दिपेन्द्र थापा लगायतको उपस्थितिमा ह्वील चियर हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

