लागु पदार्थ ओसार पसार बिरुद्ध नेबिसँघको ध्यानाकर्षण पत्र

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज‚ १८ भदौ । लागु पदार्थ ओसारपसार बिरुद्धजको जिल्ला ब्यापी अभियान अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिकामा नेबिसँघ गाउँ कमिटीले ध्यानाकर्षण पत्र बुझाएको छ ।
जिल्ला सदस्य देब ताजपुरिया गौरीगञ्ज क्याम्पस इकाइ कमिटी अध्यक्ष कृष्ण दास बाबाजी र गाउँ सचिब स्तप हुसेन द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा गौरीगञ्ज गाउँपालिकाको दक्षिणी खुला सीमावर्ती क्षेत्रसँबन्धित फतेपुर नाका लगायत अन्य बाटाहरु बाट अबैध ढैगबाट सहज रुपमा लागु औषध भित्रिरहेको र त्यसको कारणले जिल्ला भित्र छरिएर रहेका युवा युवतीहरु कुलतमा फसि रहेकोले त्यस तर्फ प्रसाशनको ध्यान केन्द्रत गराउन अनुरोध सहितको आसय ब्यक्त भएको छ ।

- Advertisement -
Ad image


नेबिसँघ झापाको जिल्ला ब्यापी कार्यक्रम अन्तर्गत अन्य स्थानीय तहहरुमा मँगलबार नै ध्यानाकर्षण पत्र दिने कार्यक्रम रहेपनि मँगलबार गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष लगायतको अनुपस्थितीका कारण बुधबार ध्यानाकर्षण बुझाइएको हो । नेबिसँघ जिल्ला सदस्य देब ताजपुरिया गौरीगञ्ज क्याम्पस इकाइ सचिब कृष्ण दास बाबाजी र गाउँ सचिब स्तब हुसेन लगायतले बुधबार गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापालाइ ध्यानाकर्षण बुझाएको हो ।
इलाका प्रसाशन कार्यालय इलाका प्रहरी र सशस्त्र प्रहरीलाइ भने हिजो मँगलबार नै ध्यानाकर्षण पत्र बुझाइ सकेको कुरा जिल्ला सदस्य ताजपुरियाले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *