मानब वेचबिखन बिरुद्ध गौरीगञ्जमा बिद्यार्थीको र्याली

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज‚ १८ भदौ । १३ औ मानब बेचबिखन तथा तथा ओसारपसार बिरुद्धको दिबसको अबसर पारेर गौरीगञ्ज माबिका बिद्यार्थीहरुले बुधबार र्याली निकालेका छन् । इलाका प्रहरी कार्यालयको पहलमा समुदाय— प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो र्याली निकालिएको हो ।


मानव बेचबिखन अन्त्य गरौ लगायतका नारा लेखिएका प्ले कार्ड सहित निकालिएको र्यालीमा बिद्यार्थीहरु सँगै इलाका प्रहरी कार्यालयका प्रमुख गणेश भट्टराइ गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा गद्रीगञ्ज माबिका प्रअ गोबिन्द घिमिरे सहायक प्रअ कर्मा शेर्पा तथा जनपथ र सशस्त्र प्रहरीका जवानहरु सहभागि भएका थिए । गौरीगञ्ज चोक हुदै बुधबारे बजार बाट त्रिमुर्ती चोक हुदै पुन बिद्यालयमा पुगेर कोण सभामा परिणत भएको र्यालीमा गापा उपाध्यक्ष दिपेन्द्र थापा वडा नँ ३ का वडाध्यक्ष मखना महतो इप्रकाका प्रहरी निरिक्षक गणेश भट्टराइ लगायतले मन्तब्य राखेका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *