पुष्प आरजे
मेहनत गर्नलाई हामी पडेलेखेर बिदेशीन्छौ। तर अबसर खोज्दै कति पय यहीँ पनि मेहनत गर्ने भेटिन्छन्। यसको उदाहरण खोज्न कतै जानै पर्दैन।
झापाको बिर्तामोड ब्यापारी शहर। बिर्तामोड पुग्नु अगाडि नै पुर्व-पश्चिम राजमार्ग बाट दक्षिण केही पर। झापा जिल्ला मा अवस्थित “यातायात कार्यालय” रहेको छ। बाहिर फारम भर्ने ठाउँ त भित्र फोटो खिच्ने ठाउँ।
हो हामी जब भित्र पस्छौ देब्रे तिर ठुलो अक्षरमा लेखिएको छ” अपांग चमेना गृह”। हामी जो कोही लाई अनौठो लाग्न सक्छ। केही मानिस हरु हातको ईशारा मा चिया नस्ता बेचिरहेका छन्। नस्ता खान अाउने हरु हातको ईसारामा माग्छ अनि दिनेले ईसारा मै सम्बाद गरि दिन्छन् । उनिहरु झर्को नमानि हाँसेर आफ्नो काम गरिरहेका हुन्छन् त्यहाँ अाउने प्रतेक संग।खाईसके पछि
” तपाईं लाई कस्तो लाग्यो खाना”
हसिलो मुख लाएर सोध्न गर्छन् हातको ईशाराले। साच्चै सानो ठाउँ उनिहरुले गर्ने व्यवहार धेरै फरक छ। जुन सुकै खान अाउनेलाई अाफ्नो झै व्यवहार गर्छन्।
उनिहरु मेची बहिर संघ संग अाबध्द छन्। यसमै भेटिन्छन “मेचि बहिरा संघ का अध्यक्ष गणेश पौडेल। साथमा पार्वती थापा,प्रदिप अधिकारी र बबिता घिमिरे ।
सायद १ नम्बर प्रदेश मै पहिलोपटक हुनु पर्छ यसरी बहिराहरु बाट सामुहिक ब्यापार गरिएको।

