लकडाउनले निमुखा गरिबको यस्तो बिचल्लि (भिडियो सहित)

पढ्न समय: 2 मिनेट


रबिन्द्र बराल
बिश्वभरी काेराेना भाईरस काे प्रकाेप बडन थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशै भरि लागू गरेको लकडाउन का कारण अहिले गरिव परिवार हरु बडि मात्रा समस्यामा परेका छन । ज्याला मजदुरी गरेर अाफ्नाे घर खर्च जाेहाे गर्ने अति विपन्न परिवार हरुलाई दुईछाक हातमुख जाेडन समस्या काे सिकार बनेका छन । माेेेेेेेरङकाे बिराटनगर ८ मा बसाेवास गर्ने ७० बर्षकि एक बृद्ध अहिले बिराटनगर स्थित ट्राफिक कार्यलय पेटिमा बसेर उनी मकै पाेलेर बिक्री गर्दे गरेकि छन । उनले अाफ्नाे दुखेसाे यसरी पाेखिन श्रिमान काे मृत्यु भएको पनि धेरै बर्ष बितिसक्यो । घरमा ५ बटा छाेरी हरुलाई बिगत २५ बर्षदेखी यहि ठाउँमा बसेर मकै काेे व्यपार गरेर छाेरी हरु काे पालनपोषण गरिरहेको तर अहिले उनले बताईन । बजार खुल्ला भएको बेलामा दैनिकी १ सय ५० बटा मकै पाेलेर राम्रो अाम्दानी गर्ने गरेता पनि अहिले लकडाउन काे समयमा १० देखि २० बटा मात्रै मकै बिक्री हुने गरेको उनलेे बताईन । अब अाफ्नाे छाेरी हरुलाई कसरी पालनपोषण गर्नु भन्दै बिलाैना समेत गरिरहेेकि छन । उनी जस्तो एक रिक्सा चालक काे पनि दुखेसो कम छैन । उनी भन्छन घरपरिवार मा तीन छाेरा छाेरी र श्रीमती छन घरमा एक दाना चामल सेमत छैन । अहिले सरकारले काेराेना राेग अाएकाे भन्दै लकडाउन गरेर अाफुहरुलाई समस्या परेको उनलेे बताए । घरमा बसाै भने छाेरा छाेरी हरु भाेक लाग्याे भाेक लाग्याे भन्छन । रिक्सा लिएर बजर निस्कियाे भने प्रहरी घर जा जा भन्छ हामी गरिव कहाँ जाँउ भन्दै दुखेसो पाेख्छन । बरु भाेक ले मर्नु भन्दा राेग लागेरै मराै भनेर रिक्सा चलाउन बजार अाएकाे उनलेे बताए ।

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *