महाभारामा चट्याङले हानेर घर ध्वस्त

पढ्न समय: 1 मिनेट

गौरीगञज । गौरीगञ्ज गाउपालिका वडा नँ १ महाभारामा शुक्रबार राती चट्याङले हान्दा एउटा घर पुर्ण रुपमा ध्वस्त भएको छ । साबिक महाभारा गाबिस वडा नँ ५ झोडाका शिशिर थेबेको भान्सा घर चट्याङले पुर्ण रुपमा क्षति भएको हो ।
गौरीगञ्ज दर्पणका महाभारा सहकर्मी पुजन न्यौपानेले जनाए अनुसार चट्याङले भान्सा घर पुर्ण रुपमा भत्किनुका साथै भान्सा भित्र रहेको फ्रिज कुकर बिजुलीको मिटर लगायतका सबै सामग्री टुक्रा टुक्रा भएको हो ।
चट्याङबाट थेबेको लगभग १ लाख ५० हजार को क्षति भएको कुरा वडा नँ १ को कार्यालयले जनाएको छ ।
चट्याङबाट मानबीय क्षति नभएपनि थेबेको एउटा बाच्छो मरेको थेबेले जनाएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *