गौरीगञ्जमा गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता हुने

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाले गाउँपालिका स्तरिय अन्तर—वडा खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । जेठ ५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
जेठ ८ गते देखि सञ्चालन हुने भनिएको सो खेलकुद प्रतियोगितामा फुटबल भलिबल क्रिकेट तथा १ सय २ सय ४ सय ८ सय १ हजार पाच सय र ५ हजार मिटर एथलेटिक्स दौड प्रतियोगिता सञ्चालन गरिने कुरा गाउँपालिकाले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।
जेठ ८ ९ १० र ११ गते फुटबल प्रतियोगिता हुने १२ र १३ गते भलिबल प्रतियोगिता हुने १४ र १५ गते क्रिकेट प्रतियोगिता हुने र १६ गते एथलेटिक्सका सम्पुर्ण दौडहरु हुने कुरा सुचनामा भनिएको छ ।
प्रतियोगितामा सहभागि हुन चाहने टिम वा खेलाडिहरुले जेठ ८ गते बिहान १० बजे भित्रमा गाउँपालिकाको खेलकुद तथा शिक्षा शाखामा आफ्नो नाम दर्ता गराइ सक्नु पर्ने कुरा समेत सुचनामा भनिएको छ ।
गाउँपालिका भित्र खेल प्रति रुचि भएका युवाहरुलाइ हौसला प्रदान होस भन्ने हेतुले यो प्रतियोगिता सञ्चालन गरिएको कुरा खेलकुद तथा शिठ्ठा समिती सँयोजक दिपेन्द्र थापाले जनाएका छन् ।
जेठ ८ गतेको उद्घाटन खेल गाउँपालिकाका कर्मचारी र शिक्षक बिच हुने कुरा समेत सँयोजक थापाले जनाएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *