मन्त्री कार्की द्वारा गौरीगञ्जको नेशनल एग्रो फार्म अबलोकन

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । प्रदेश नँ १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गौरीगञ्ज २ कोरोबारी स्थित नेशनल एग्रो फार्मको अबलोकन गरेका छन् ।
गौरीगञ्जका स्थानीय युवा उद्यमी दीपक गर्तौलाले रु १४ करोडको लागतमा दुइ बर्ष अघि शुरु गरेको नेशनल एग्रो फार्ममा हाल माछा हास र कुखुरा पालन गरिदै आएको छ । बहुजातिय कृषि जन्य बाली उत्पादन गर्ने उद्देश्यका साथ शुरु गरिएको फार्मको अबलोकन गर्दै मन्त्री कार्कीले कृषिमा लगानी गर्न चाहने उद्यमीहरुलाइ सरकारले प्रोत्साहन दिनु पर्ने कुरा बताए । कृषि फार्ममा सडकको राम्रो सुबिधा नभएकाले सडकका लागि आबश्यक पहल गर्ने कुरा बताएका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *