गौरीगञ्जमा अर्को पीच सडकको शिलान्यास

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । जेठ ४ । प्रदेश १ का अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले झापाको गौरीगञ्ज २ कोरोबारी स्थित पीच सडकको शिलान्यास गरेका छन् । शनिबार कोरोबारी स्थित टटुवामारी बघाचौधरी हुदै हुकागाछी जोड्ने सडकको शिलान्यास गरिएको हो ।
प्रदेश १ को सशर्त अनुदान अन्तर्गत रु १ करोड ३० लाख बजेटबाट सो सडक बन्न लागेको कुरा वडा नँ २ का वडाध्यक्ष अघनु राजवँशीले जनाएका छन् । रु ८२ लाखमा पबित्रा कन्सट्रक्सनले ठेक्का पाएको सो सडक यहि असार १५ गते भित्र सम्पन्न भइ सक्ने सम्झौता रहेको समेत वडाध्यक्ष राजवँशीले जनाएका छन् ।
सो सडकको लम्वाइ १ हजार १ सय पचार मिटर रहने रहने र चौडाइ ६ मिटरको ग्राभेल भित्र ५ मिटर पिच हुने कुरा गौरीगञ्ज गाउँपालिकाका इन्जिनियर सबिन क्षेत्रीले जनाएका छन् ।

- Advertisement -
Ad image

यस अघि एक हप्ता अघि गौरीगञ्जको खजुरगाछी स्थित भारु चोक – देवीगञ्ज सडक पिचका लागि शिलान्यास भएको थियो |
शिलान्यास कार्यक्रममा मन्त्री कार्कीका साथै प्रदेश साँसद झलक सिँह दर्लामी गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ उपाध्यक्ष दिपेन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *