
गौरीगञ्ज भदौ १२ । नेकपाको भातृ सँगठन अखिल नेपाल महिला सँघ गौरीगञ्ज गाउँकमिटीले बृक्षारोपण गरेर तीज कार्यक्रम मनाएको छ । सामान्यतया तडकभडक बन्दै गएको तीज पर्वलाइ फरक शैली र रचनात्मक बनाउन बृक्षारोपण गरी मनाएको कुरा अनेमसँघ गौरीगञ्जकी अध्यक्ष मनिका राइले बताइन् ।
नेकपाका जिल्ला सदस्य लिला कार्की नेकपा गौरीगञ्जका अध्यक्ष बिद्यानन्द राजवँशी सदस्य केदार ढुँगेल ४ नँबरका वडाध्यक्ष कुल प्रसाद गिरी गौरीगञ्ज क्याम्पसका प्रमुख सर्वतलाल राजवँशी लगायतको उपस्थितीमा भएको बृक्षारोपण सहितको तिज कार्यक्रममा ८० वटा मसला र ३५ वटा टीकका बिरुवा गौरीगञ्ज माबिको चौरमा रोपिएको हो बृक्षारोपणा बिद्यालयका बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

