
गौरीगञ्ज । १२ भदौ । गौरीगञ्जको आकाशमा आज दिउसो एक अनौठो बस्तु देखा परेको छ । तारा जस्तो चम्कीलो देखिएको सो बस्तु गौरीगञ्जको आकाशको उत्तरी दिशामा दिउसो ५ बजे तिर देखा परेको थियो । करिब २ घण्टा सम्म उत्तरी आकाशमा देखा परेको बस्तु साँझ सम्म बिस्तारै ओझेल पर्दै गएको थियो ।
टाँढाबाट हेर्दा तारा जस्तै देखिने यो बस्तु के थियो भनि यस्को अहिले सम्म आधाकारिक पुष्टी हुन सकेको छैन । सर्बसाधारण भने यो बस्तु देखेर अचम्भित छन् । कसैले यसलाइ नेपालले भरखरै प्रक्षेपण गरेको स्याटलाइन भनेका दछन् भने कसैले यसलाइ भारतले जासुसी गर्न पठाएको कुनै यन्त्रहो भनेका छन् । यसको आधिकारीक पुष्टी भने कहि कतै बाट भएको छैन ।
आवर बिराटनगर डट नेटले बिराटनगर र आसपासको आकाश तथा मोरँगको सुनबर्षी नगरपालिका लगायतको आकाशमा समेत यो बस्तु देखा परेको र दिउसो ३ बजे तिरै सुनबर्षी तथा रँगेलीका कतिपय सर्वसाधारणले सो बस्तुको तस्विर खिचेर सामाजिक सञ्जालहरुमा सार्वजनिक गरेको कुरा लेखेका छन् ।

