१ असार झापा । नयाँ आर्थिक बर्ष २०७७/७८ को बजेट निर्माणकालागि गेरीगञ्ज गाउँपालिका ले सोमबार प्रमुख राजनैतिक दल सँघ सँस्थाका प्रतिनिधिहरु लगायतका सरोकारवालाहरु सँग छलफल गरेको छ । बजेट निर्माणका लागि गौरीगञ्ज गापाले पहिलो पटक सरोकारवाला हरु सँग छलफल चलाएका हुन् । छलफलमा उपस्थित बिभिन्न राजनैतिक दलका स्थानीय प्रतिनिधि र सँघ सँस्थामा प्रतिनिधिहरुले आगामि बजेट निर्माणका लागि सुझाबहरु प्रस्तुत गरेका थिए ।
उपस्थित सरोकारवाला हरुले शगसमि बजेट निर्माणमा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रलाइ बढि प्रार्थमिकतामा राख्न सुझाब दिएका छन् । उनिहरुले टुक्रे योजना नल्याउन, नदि तटबन्ध गर्ने, क्षेत्रगत विशेषताको आधारमा पकेट जोन को ब्यवस्था गर्ने, पुराना योजनाको विश्लेषण र समिक्षा गरेर अगाडि बढ्न तथा कोरोना महामारीका कारण भारत लगायतका देशबाट रोजगारी गुमाएर फर्केका युवाहरुलाइ लक्षित गरि रोजगार मुलक बजेट ल्याउन स्थानिय सरकारलाइ सुझाएका छन् । उनिहरुले कृषिमा चकला बन्दी, कृषकहरुलाइ प्रबिधिको तालिम, कृषि अनुदानमा उचित अनुगमन लगायतका सुझाबहरु समेत दिएका छन् ।
छलफलको शुरुवातमा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले आगामि बजेट र खर्चगत शिर्षकहरुमा सहभागिहरुलाइ ब्रिफिङ गरेका थिए भने छलफलमा सबैको सुझाब सुनि सकेपछी गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले सबैको सुझाब सान्दर्भिक रहेको र आगामि बजेटमा सबैको सुझाब समेट्न कोसिस गरिने कुरा बताए ।
बजेट निर्माणका लागि सरोकारवाला हरु सँग गौरीगञ्ज गाउँपालिकाले गर्यो छलफल
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

