गौरीगञ्जका १ सहित आज झापाका ४ जना ले जिते कोरोना

पढ्न समय: 1 मिनेट


१ असार गौरीगञ्ज । आज गौरीगञ्जका १ सहित झापा जिल्लाका ४ जना कोरोना सँक्रमण मुक्त भएर घर फर्केका छन् । फर्किनेमा गौरीगञ्ज गाउँपालिका र गौरादह नगरपालिकाका एक–एक जना रहेका छन् । त्यस्तै बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाका एक एक जना रहेका छन् ।
गौरीगञ्जमा जेठ १८ गते सँक्रमण पुष्टी भएका वडा नँ ६ कञ्चिराका पुरुष बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट आज डिस चार्ज भएका छन् । उनि सँगै सँक्रमण पुष्टी भएका अरु ३ जना यस अघि जेठ २९ गते डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
त्यसैगरी आज गौरादह ९ बैगुन्धुराका १ पुरुष पनि सँक्रमण मुक्त भएर घर फर्केका छन् । गत जेठ १४ गते सँक्रमण पुष्टी भएर बिराटनगर स्थित कोरोना उपचार केन्द्रमा उपचाररत उनि आज डिस्चार्ज भएका हुन्। उनिसँगै सँक्रमण पुष्टी भएका सोहि वडाका अर्का एक पुरुष गत जेठ २९ गते नै डिस्चार्ज भएर घर षफर्किसकेका छन् ।
हालसम्म झापाका एक सय तेह्र जना कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चम्लागाँईले बताए । झापामा १७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *