प्रेमिकाको हत्या गरि फरार भएका दामुनाका एक ब्यक्ती प्रहरी फन्दामा

पढ्न समय: 2 मिनेट

मारँग, । एक महिलाको हत्या गरेर फरार रहेका झापाको गौरादह नगरपालिका–६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चूँडाललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारी स्थित दुर्गापुरीबाट मंगलबार राति पक्राउ गरेको हो ।

- Advertisement -
Ad image

हत्या गरिएकी अन्दाजी ३५ वर्षीय महिलाको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन । पक्राउ परेका व्यक्तिले ती महिलालाई दुई वर्षदेखि आफूसँगै राख्दै आएको खुलेको छ । प्रहरीका अनुसार नाम सिर्जना पोखरेल र घर झापाको बिर्तामोड भनेर प्रारम्भिक जानकारी आए पनि यकिन भइसकेको छैन ।
गत शनिबार बिहान रतुवामाई नगरपालिका–६ का हरिबहादुर खड्काको खाली रहेको गोठमा शरीर भरी नलिडाम र चोटपटक रहेको अवस्थामा ती महिला अचेत भेटिएकी थिइन् । प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएकी उनको आइतबार राति मृत्यु भएको थियो । दुई वर्षदेखि ती महिला पुण्यसँगै हिँड्ने गरेको र अत्यधिक मदिरा सेवन गरेर हिँड्न नसकेको भन्दै गोठमा ल्याएर छाडेर काम गर्न जान्छु भन्दै त्यहाँबाट उनी हिँडेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका थिए ।
स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले उनको खोजी थालेको थियो । शुक्रबार राति अत्यधिक मदिरा सेवन गरेर दुवै जनाबीच झगडा भएको र त्यही क्रममा पुण्यले लात्ता र मुक्काले प्रहार गर्दा महिलाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार दुई वर्ष अघि झापाको दमकमा ज्याला मजदुरी गर्ने क्रममा पुण्य र ती महिलाको भेट भएको खुलेको छ । ‘दुई वर्षदेखि दुवै जना सँगै बस्दा रहेछन्,’ जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले भने, ‘मदिरा सेवनका कारण उत्पन्न विवादपछि महिलाको ज्यानै जाने गरी कुटपिट गरेर छाडेको पाइयो ।’
डिएसपी श्रेष्ठले दुई वर्षदेखि आफूसँगै राखे पनि ती पुरुषले महिलाको नाम र ठेगाना आफूलाई यकिन नभएको प्रहरीलाई बताएका छन् । पक्राउ परेका पुण्य विरुद्ध बुधबार कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर झगडा गर्न थालेपछि लात्ता तथा मुक्काले कुटपिट गरेको र उठ्नै नसक्ने भएपछि छाडेर हिँडेको उनले प्रहरीलाई बताएका छन् ।

आवर बिराटनगर डट नेट बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *