
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।
तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।
दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा भएको खुलासा भएको छ।
जुत्ता प्रहार गर्ने तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले पुष्टि गरेका छन् ।
जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएपछि लात्ती प्रहार गरिएको छ ।रतनमाथि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले लात्ती प्रहार गरेका थिए ।
हेर्नुहोस भिडियो
प्रतिक्रिया लेख्नुहोस्

