काठमाडौं : नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारणमा रोक लगाइएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका कुरा बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूज लगायतका भारतिय च्यानलहरुले तथ्यहिन र अतिरञ्जित समाचार प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो।
नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले एमएसओहरुले स्वत:फूर्त यस्तो निर्णय लिएको जानकारी दिए। ‘केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय त गरेको छैन तर कम्पनीहरुले स्वत:फुर्त यो कदम चालेका हुन सक्छन्’, उनले भने ।
म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले पनि नेपालमा दुरदर्शन न्युजबाहेक समय समाचार टेलिभिजन च्यानलको प्रसारण रोकिएको पुष्टि गरेका छन्। उनले भारतीय समाचार टेलिभिजन च्यानलले नेपालबारे अतिरञ्जित र भ्रामक समाचार प्रसारण गरिहेपछि यस्तो कदम चाल्नुपरेको जानकारी दिएका छन्।
नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर गत वैशाख ७ मा नयाँ नक्सा जारी गरेयता भारतीय टेलिभिजन च्यानलले अतिरञ्जित विषय वस्तु प्रसारण गर्दै आएका छन् ।
नेपालमा भारतिय न्युज च्यानलहरुको प्रसारण रोकियो
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्

