दमकको बजेट नीति तथा कार्यक्रम पारित : पत्रकार सहित आठ जना सम्मानित

पढ्न समय: 3 मिनेट

मनकुमार गदाल

दमक । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६/०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल बजेट तथा नीति कार्यक्रम पारित गरेको छ ।

- Advertisement -
Ad image

नगर पालिकाको शुक्रवार भएको नगर सभाले सो वजेट तथा नीति कार्यक्रम पारित गरेको हो । नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख साथै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गीता अधिकारीले प्रस्तुत विनियोजन विधयेक २०७६ , अर्थ बिधयेक २०७६ नगर सभाले सर्वसम्मत पारित गरेको छ ।


नगर उपप्रमुख अधिकारीले प्रस्तुत प्रतिवेदन , दमक ६ का वडा सदस्य तथा लेखा समितिका संयोजक लक्ष्मी प्रसाद दाहालले प्रस्तुत लेखा प्रतिवेदन र दमक ८ का वडाअध्यक्ष तथा सुशासन समितिका संयोजक पशुपति राज गौतमले प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।


नगर सभाले दमकमा बसेर सामाजिक ,राजनीतिक ,समाज,शिक्षा, आर्थिक, सेवा पत्रकारिता लगायतका क्षेत्रबाट बिशेष योगदान दिएका ८ जना ब्यक्तित्वहरुलाई नगर प्रमुख ओलीले दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ । उहाँहरुलाई समान पत्र सहित नगद जनही २० हजार प्रदान गर्नु भएको छ ।


नगर सभाले पत्रकारिता क्षेत्रबाट दमक नगरको बिकासमा दिएको योगदानको कदर गर्दै प्रेस संगठन नेपाल झापाका नेता साविक प्रेस सेन्टरका जिल्ला अध्यक्ष, झापा पोष्ट दैनिक दमकका सम्पादक तथा गोरखा पत्र दैनिकका झापा प्रतिनिधि टिकाराम उप्रेतीलाई मेयर ओलीले दोसल्ला ओढाएर सम्मान पत्रद्धारा सम्मान गर्नु भएको छ । सम्मानित भएपछि पत्रकार उप्रेतीले गौरव महसुस भए पनि दमकको बिकासमा पत्रकारिताको क्षेत्रबाट थप जिम्मेवारी बढेको बताउनु भयो ।


सम्मानित हुनेहरुमा दमक २ बस्ने पूर्व प्रधानपञ्च धन बहादुर श्रेष्ठ, हिमालय मावि दमकका पूर्व प्रधानध्यापक तथा शिक्षक क्षेत्रका अभियान्ता छविलाल शर्मा सिटौला र हिमालयकै पूर्व प्रधानध्यापक बिदुर खतिवडालाई सम्मान गरेको छ । सम्भवत प्रदेश नम्वर १ मै सबै भन्दा धेरै १ सय ८ पटक रक्तदान गरी सकेका दमक ६ बस्ने रक्तदाता तथा अभियन्ता राजकुमार श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ । नगरपालिकालाई सबै भन्दा धेरै कर तिर्ने संस्थाहरु मध्ये लाइफ लाइन अस्पताल दमक उत्कृष्ट करदाता संस्थाको रुपमा पुरस्कृत गरेको नगरपालिकाले जनाएको छ ।


दमक ६ बस्ने उत्कृष्ट करदाता गणेश कुमार श्रेष्ठ र कल्पना सुवेदीलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको छ । नगर प्रमुख ओलीले नगरको बिकासमा सबैले आफनो ठाउँबाट सहयोग गर्नु पनि नगरवासीलाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *