गौरीगञ्ज । रुढिबादी सामाजिक सँरचना का कारण बढ्दो उमेरका किशोर किशोरीहरुलाई अत्याबश्यक प्रजनन् स्वास्थ्य, महिनाबारी, तथा चेलीबेटी बेचबिखन सँबन्धी कुरा फनिहरुलाई सिकाईदैन । डर र लाजका कारण उनिहरुले परिबार र साथीसँगी हरु सँग समेत यी बिषयमा खुलेर कुरा गर्न सक्दैनन् । यहि कुरालाई मध्यनजर गरि गौरीगञ्ज गाउँपालिकाको महिला तथा बालबालिका शाखाले गौरीगञ्ज क्षेत्रका किशोरीहरुलाई लक्षित गरि यहि बिषयहरुलाई समेटेर जीबन उपयोगी तिन दिने कक्षा सञ्चालन गरेका छन् ।
असार २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको कक्षामा यस क्षेत्रका बिभिन्न बिद्यालयहरुमा अध्ययनरत तिन दर्जन भन्दा बढि किशोरीहरु सहभागि भएका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख तथा कक्षा सहजकर्ता डा बिद्या पोख्रेलले किशोरीहरुलाई प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्व लगायतका बारेमा शिक्षा दिएका थिए भने ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख तथा कक्षा सहजकर्ता टेकेन्द्र पौडेलले साईबर अपराध र चेलिबेटी बेचबिखन र यस सँबन्धी कानुनका बारेमा किशोरीहरुलाई ज्ञान दिएका थिए ।
महिला तथा बालबालिका शाखा प्रमुख तथा कक्षा सहजकर्ता शुष्मा कोईरालाले किशोरीहरुलाई लिँग र लैँगिकता लगायतका बिषयमा किशोरीहरुलाई सिकाएका थिए ।
कक्षामा सहभागि किशोरीहरुले तिन दिनमा जीवनका लागि अत्यन्तै महत्वपुर्ण कुराहरु सिकेको प्रतिकृ़या दिएका छन्
गौरीगञ्जका किशोरीहरुलाई जीवन उपयोगि कक्षा
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्





