गौरीगञ्ज । अबिरल बर्षाका कारण झापाको गौरीगञज गाउँपालिकाका बिभिन्न वडाहरुमा ४८ परिबारको घर डुबानमा परेका छन् । वडा नँ १ मा कन्काइ र बनियानी खोलामा पानीको सतह बढ्दा सन्थाल बस्तीका २० घर र बालुवाडीका ७ घर डुबानमा परेकाकुरा वडाध्यक्ष कातिकलाल राजवँशीले जनाएका छन् ।
त्यसै गरि कन्काइ नदिमा पानीको सतह बढ्दा वडा नँ २ स्थित पिण्डालघुटुका २० परिबार र आमगाछीका २ परिबार डुबानमा परेको कुरा कार्यपालिका सदस्य रिता तामाङले जानकारी दिएका छन् । उनका अनुसार अबिरल झरिले स्वास्थ्य चौकी अगाडीको सडक समेत बगाएको छ ।
वडा नँ ३ मा गेउरिया खोलामा पानीको सतह बढ्दा ज्ञानोदय माबि छेउ २ घर डुमानमा छन् भने वडा नँ ६ तिनटोलियाका ५ घर डुबानमा परेको कुरा हाम्रा सम्बाददाताहरुले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

