तेस्रो मुलुकबाट १४ जना झापाली आइपुगे सुनसरीको होल्डिङ एरियामा

पढ्न समय: 1 मिनेट

विराटनगर । लकडाउनको कारण विदेशमा अलपत्र परेका प्रदेश नम्बर १ का ४१ जना होल्डिङ एरियामा आईपुगेका छन् । जसमध्ये १४ जना झापाका रहेका छन् ।
तेस्रो मुलुकबाट प्लेन चाटर्ड गरेर म्यानमार र युएईबाट शुक्रबार काठमाण्डौ आएका उनीहरुलाई नेपाली सेनाको रोहबरमा सनिबार सुनसरीको चतरास्थित जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठ होल्डिङ्ग क्षेत्रमा ल्याएको हो । म्यानमारबाट आएका २ महिला र युएईबाट आएका २ महिलासहित ३७ पुरुष रहेका छन् ।
जसमध्ये झापाको १४ जना, मोरङको ११, सुनसरीको ५, ईलामको ३, संखुवासभाको १, ओखलढुङ्गाको २, ताप्लेजुङको १,उदयपुरको २ र भोजपुरको १ जनागरी जम्मा ४१ जना रहेको छन ।
भने मोरङ्ग र झापाको व्यक्तिहरुलाई आ–आफ्नो जिल्लामा लगिएको छ ।

मोरङका ११ जनालाई सुर्यदल गणका सहसेनानाी खड्गबहादुर निरौलाको रोहबरमा जिल्ला ल्याएको छ । भने उनीहरुलाई आ–आफ्नो गाँउपालिकाको क्वारेन्टाईनमा बुझाईएको सहसेनाी निरौलाले जानकारी दिए ।

- Advertisement -
Ad image

चतरास्थित रामनन्द पिठ सेवा आश्रमलाई प्रदेश सरकारले तेस्रो मुलुकबाट आएकाहरुका लागि होल्डिङ एरिया बनाएको छ । उक्त होल्डिङ एरियामा आइपुगेकाहरुलाई सम्बन्धित जिल्लामा समन्वय गरेर पठाइने प्रदेश सरकारद्धारा गठित होल्डिङ तथा तथा व्यवस्थापन उपसमितिका सदस्य रवि खनालले जानकारी दिए ।

आवरबिराटनगर डटनेट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *