तीजमा गीता भागवतको पुस्तक उपहार दिदै बोलोचोकमा मनाईयो तीज

पढ्न समय: 1 मिनेट

शिबसताक्षी, १६ भदौं–झापाको शिबसताक्षी–४ पाँचगाछीस्थित बोलोचौक बजारमा भिन्न र फरक शैलीमा नेपाली महिलाहरुको चाँड हरितालिका तीज कार्यक्रम मनाइएको छ । बोलोचौक विकास समितिको आयोजनामा आज सोमबार बोलोचौक बजारमा आयोजित कार्यक्रममा धार्मीक एबम् साँस्कृतिक कार्यक्रमसहित तीज कार्यक्रम नाच–गान गरेर मनाइएको हो ।

बोलोचौक बिकास समितिका अध्यक्ष एबम् स्थानीय सामाजिक अगुवा धमेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा शिबसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीय गाउँवासीहरुबाट सयौको संख्यामा नरनारी तथा महिलाहरु हरियो र रातो साडीमा उपस्थिति रहेको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा नृत्य गर्ने महिलाहरुलाई मायाको चिनो वापत भागवत गीता नामक पुस्तकले सम्मानित तथा पुस्कृत गरिएको थियो । भागवत गीता पुस्तकबाट ज्ञान र शिक्षा पाउने भएकोले समाजमा विकृति, विसंगतीको अन्त्य गर्न सघाउ पुग्ने आयोजकको दाबी छ ।

आयोजक संस्थाका अध्यक्ष धमेनद्र शाहले पछिल्लो समय तीज कार्यक्रम खर्चालु र महङ्गो हुदै जानु र सामान्य अवस्थाका महिलाहरुले तीज कार्यक्रम मनाउन गाह्रो हुदै गएकोले बोलोचौक बजारमा सामुहिक तीज कार्यक्रम आयोजना गरिएकोब बताए । उनले तीज कार्यक्रमलाई समाजमा सभ्य र भप्य ढंङ्गमा मनाउन आवश्यक रहेको बताए ।

संस्थाका अध्यक्ष शाहले चाँड पर्वको नाममा देखावटी र इश्यासहित मनाइने गर्दा आर्थिक दृष्टिकोणले चाडँ पर्वहरुमा समस्या आएको बताए ।

हाम्रो सरोकार डटकम बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *