
गौरीगञ्ज भदौ १६ । सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरिक्षक दीपक खड्काको सोमबार एक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको छ भने सरुवा भइ आएका नयाँ प्रहरी निरिक्षक साइमन श्रेष्ठको स्वागत गरिएको छ ।
खड्काको गौरीगञ्जमा एक बर्ष कार्यकाल पुरा भइ औद्योगिक ११ नँबर गुल्म पाडाजुँगिमा सरुवा भएको हो । खड्का गौरीगञ्जमा आएपछी भन्सारको राजस्व सँकलनमा तीन गुना बृद्धी भएको थयो भने उनकै पहलमा गौरीगञ्ज १ कुञ्जीबारीमा सशस्त्र बेस क्याम्पको भबनका लागि गौरीगञ्ज गाउँपालिकाको सहयोगमा ८ कट्ठा जग्गा खरिद गरि भबन निर्माण कार्य शुरु भएको थियो । सशस्त्र प्रहरी बल गौरीगञ्जले आयोजना गरेको बिदाइ तथा स्वागत कार्यक्रममा गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ उपाध्यक्ष दिपेन्द्र थापा वडा नँ ३ वडाध्यक्ष मखना महतो र इप्रका का प्रहरी निरिक्षक गणेश भट्टराइ सहभागि थिए ।
प्रतिक्रिया लेख्नुहोस्

