गौरीगञ्ज , २१ साउन । ईसाई समाज झापाले ईसाई समाज प्रदेष नँ १ को सहकार्यमा गौरीगञ्ज १ महाभारा होकलबाडीका बाढि पिडित ९० ।परिबारलाई राहत सामग्री बितरण गरेको छ ।
होकलबाडीमा मँगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि राहत सामग्री बितरण गरिएको हो । प्रति परिबार १ थान त्रिपाल, १ थान कम्बल, १ थान झुल, १ थान म्याट, बिस्कुट लगायतका राहत सामग्रीहरु बितरण गरिएको कुरा ईसाई समाज झापाका सचिब गँगा लिम्बुले जनाएका छन् । राहत बितरण कार्यक्रममा गौरीगँज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, वडाध्यक्ष कार्तिकलाल राजबँशी लगायतको उपस्थिती थियो भने ईसाई समाजका झापाका सचिब गँगा प्रसाद लिम्बु लगायत समितीका अन्य पदाधिकारीहरुको उपस्थिती थियो |
प्रतिक्रिया लेख्नुहोस्








