जहाज ‘डिले’ भएपछी साँसद नै तोडफोडमा उत्रिए

पढ्न समय: 2 मिनेट

जनकपुरधाम : राजपाका एक सांसद प्रमोद कुमार साहले जनकपुर विमानस्थलको कार्यालय तोडफोड गरेको खबर अन्नपुर्ण पोस्ट डटकमले छापेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संघीय सांसदले विमान डिले (ढिलो) भएको भन्दै बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका हुन् । सर्लाहीको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साह विमान ढिलो भएको भन्दै तोडफोडमा उत्रिएका हुन् ।

- Advertisement -
Ad image

११ : ४० मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको तथा व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै झोंकमा काउण्टरमा धक्का–धक्की दिएका थिए ।
सांसद साहले काउण्टरमा धक्काधक्की गरेको स्वीकार गरेका छन् । ‘जहाजमा किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने छ, तर जहाज आउने, नआउने कुनै सूचना छैन ! व्यवस्थापन पक्षलाई भन्दा कुनै वास्ता गर्दैन, बाध्य भएर काउण्टरमा बुझ्न जाँदा अटेरी गर्दा रिसको झोंकले काउण्टरमा सामान्य तोडफोड भयो ।’

जनकपुरधाम उप–महानगरपालिका ४ का ६५ वर्षीय सौखीलाल चौधरीलाई काठमाडौं पठाउन विमानस्थल व्यवस्थापन पक्षलाई पटक–पटक फोन गर्दा समेत अटेरी गरेको उनको आरोप छ ।

‘कडनीका विरामी पीडाले छटपटाइरहेको अवस्थालाई देखेर म आक्रोशमा आए र धक्कामुक्की भयो’ उनले भने । किड्नीका विरामी चौधरीले आफू बिहान ११ बजे नै आए पनि दिउँसो २ बजेसम्म बस्दा समेत विमानस्थलका कर्मचारीले कुनै वास्ता नगरेको र आफूलाई गाह्रो भइरहेको अवस्थामा सांसद साहले आफ्नो अवस्था हेरेर आवेगमा आएको बताए ।

बुद्ध एयरका प्रमुख विजय कुमार सिंहले प्राविधिक कारणवश विमानमा ढिलाइ भएको बताए । उनले भने, ‘यात्रुहरुलाई प्ले डिले भएको पटक–पटक जानकारी गराउँदै आएको छु, तर सांसद साह एक्कासी आएर बुद्ध एयरको काउण्टरमा तोडफोडसँगै कर्मचारीसँग दुव्र्यवहार गरे ।’

सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केही बेर तनावग्रस्त बनेको थियो । बुद्ध एयरको सोही फ्लाइटमा काठमाडौं जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारी र व्यवस्थापक प्रमुख सिंहले विमान चढ्नबाट रोकेका थिए ।

त्यस क्रममा सांसद साह र प्रमुख सिंह बीच हात हालाहाल समेत भएको थियो । पछि धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमान चढेर काठमाडौं गएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *