ग्वालडुब्बा बजारको टहरामा बेवारीसे लास । चिन्नु हुने महानुभावले आफन्तलाई खबर गरिदिनुहुन अनुरोध

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज १५ माघ । झापाको गौरादह ७ ग्वालडुब्बा बजार स्थित टहरामा आज बिहान एक बृद्ध ब्यक्तीको शब फेला परेको छ । अन्दाजी ७० वर्षिय मधेसी मुलको जस्तो देखिने मृतकको सनाखत हुन नसकेको कुरा ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएकोछ । लासलाई पोस्ट मार्टमका लागि दमक लागिएकोछ ।
बृद्ध केहि समय अघिदेखि ग्वालडुब्बा बजार क्षेत्रमै मागेर गुजारा चलाउने गरेको र केहिदिन देखि टहरा बिरामी अबस्थामा रहेको स्थानियहरुले बताएकाछन् ।
ईलाका प्रहरी कार्यालयका प्र. नि. गणेश भट्टराईले लास चिन्नु हुने महानुभावले परिवार या आफन्त सम्म खबर पुर्याइदिन हुन अनुरोध गरेकाछन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *