गौरीगञ्ज, १९ असोज । झापाको गौरीगञ्ज ६ स्थित रुबी डिपार्टमेन्ट को हात खालि नजाने उपहार योजना अन्तर्गत को एलईडि टेलिभिजन गौरीगञ्ज २ कदमगाछीका अक्षय ताजपुरियाले जितेका छन् । ताजपुरियाले शनिबार रुबी डिपार्टमेन्टमा रु ५ हजार भन्दा माथिको किनमेल गरी कुपन तानेर उक्त पुरस्कार जितेका हुन् ।
डिपार्टमेन्टले आफ्नो स्थापनाको पहिलो बर्ष पार गरेको अबसरमा दसै र तिहार जस्ता चाँड पर्व हरुलाई मध्यनजर गरि आफ्ना ग्राहकहरुका लागि प्रत्येक खरिदमा हात खालि नजाने उपहार योजना सञ्चालन गरेको छ । योजना अन्तर्गत टेलिभिजन, स्मार्ट फोन, भित्ते घडी, स्टेन फेन, सिनेरी वाल फ्रेम, किप्याड मोवाईल लगायत सयौ पुरस्कारहरु राखेका छन् ।
डिपार्टमेन्टले नियमित ग्राहकहरुका लागि डिस्काउन्ट कार्डको समेत ब्यबस्था गरेको कुरा सञ्चालक बिक्की साहले बताए । डिस्काउन्ट कार्ड प्रयोग गरि ग्राहकले एक बर्ष सम्म प्रत्येक खरिदमा १० प्रतिशत छुट र आफ्नो बार्षिकोत्सवको उपलक्ष्यमा असोज २१ देखि झसोज २६ गते सम्म थप ५ प्रतिशत छुटको ब्यबस्था गरेको कुरा साहले बताए ।
बिज्ञापन




