गौरीगञ्जमा यसरी छायो तीजको रौनक

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज भदौ १६ । नेपाली महिलाहरुको महान चाँड तीजको अबसरमा सीमबार गौरीगञ्जका बिभिन्न स्थानमा तीज बिशेष कार्यक्रमको आयोजना भएको छ । आयोजित सबै कार्यक्रममा गौरीगञ्ज र आसपासका ब्रतालु महिलाहरुको अत्यन्तै बाक्लो उपस्थिती देखिएको थियो ।
गौरीगञ्ज ६ खजुरगाछी स्थीत शिबालय मन्दिरमा स्वतस्फुर्त रुपमा महिलाहरु जम्मा भएर नाचगान गरेका थिए भने सोहि स्थानमा मन्दिरको हल भित्र महिला समितीको वडा नँ ६ को आयोजनामा तीज बिशेष कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा नेपालीहरुको परम्परागत सँगिनी तथा बालन जस्ता लोपोन्मुख नृत्यहरु प्रस्तुत गरिएको थियो ।
त्यसै गरि गौरीगञ्ज ३ ठेकिटोल चोकमा पनि तीज बिशेष कार्यक्रमको आयोजना गरिएको थियो । लक्ष्य‚ शान्ती र जागृती महिला समुहहरुको सँयुक्त आयोजनाका भएको सो तीज कार्यक्रममा प्रमुख अतिथी दिपेन्द्र थापा थिए भने बिशेष अतिथी इप्रका गौरीगञ्जका प्रमुख गणेश भट्टराइ थिए । मनिका राइको सभापतित्वमा आयोजित कार्यक्रममा महिला तथा पुरुषहरु समेत रमाइलो गरि नाचेका थिए ।
त्यसै गरि गौरीगञ्ज ३ स्थित अतिथी सदनको चौरमा समेत तीज बिशेष कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल महिला सँघको आयोजनामा भएको कार्यक्रममा पनि ब्रतालु महिला तथा पुरुषहरुको उत्साह जनक सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *