गौरीगञ्ज , असार १७ । गौरीगञ्जका १ र गौरादह का ७ सहित झापामा एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा १० महिला र १० पुरुष रहेका छन् । संक्रमित हुनेहरु मेचीनगरका ७ , बुद्धशान्तिका ५ , गौरादहका ७ र गौरीगञ्जका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । योसंगै झापाका कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । यसैबीच आज झापाका १८ जना संक्रमित निको भएर घर फर्केका छन् ।
गौरीगञ्जका सँक्रमित ३२ वर्षिय पुरुष गौरीगञ्ज २ कोरोबारीको रहेको र उनि दुबइ बाट आएर सेन्ट जोसेफ स्कुलको क्वारेन्टाइन मा बसिरहेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएकाछन् ।
गौरादह नगरपालिकामा ३ महिला र ४ पुरुष गरि जम्मा जनामा सँक्रमण देखिएकोमा प्रगति माबिको क्वारेन्टाइन मा रहेको पुरुष भारत बाट आएको र जुरोपानी स्वास्थ्य चौकी क्वारेन्टाइनमा रहेका ६ जना मध्ये १ जना पुरुष ओमान बाट आएको १ महिला कुवेतबाट आएको र बाकी ४ जना एकै परिवार का सदस्य भारतबाट आएको कुरा स्वास्थ्य साखा गौरादह का प्रमुख गोबिन्द श्रेष्ठले जनाएको छ ।
बुधबार देशभर कोरोनाका ४ सय ८२ जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै सँक्रमितको सँखमया बढेर बुधबार १४ हजार ४६ जना पुगेको हो।
अहिलेसम्म चार हजार छ सय ५६ जना कोरोना निको भएर घर फर्किएका छन्।
कोरोनाबाट नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ।
गौरीगञ्जका १ र गौरादह का ७ सहित झापामा आज २० नयाँ सँक्रमित थपिए
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्

