९ भदौ, गौरीगञ्ज । गौरीगञ्जका १ पुरुष सहित मँगलबार झापामा ८ नयाँ सँक्रमित थपिएका छन् । नयाँ अस्पताल भवनको क्वारेन्टाइनमा रहेका गौरीगञ्ज १ का एक पुरुषमा सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । उनि भरतपुर क्यान्सर अस्पतालबाट उपचार पछी फर्किएका एक बिरामीको कुरुवा बसेको बुझिएको छ । बिरामीको रिपोर्ट भने नेगेटिभ आएको छ । गत भदौ ४ गते सो क्वारेन्टाइन मा रहेका १९ जनाको स्वाब पठाइएको मा उनको रिपोर्ट पोजेटिभ आएको हो ।बाँकी १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यसै गरि गौरीगञ्जको रुबि डिपार्टमेन्ट का सँचालकको सम्पर्कमा आएका हरु मध्ये गत भदौ ५ गते ७४ जनाको स्वाब सँकलन गरि पठाएकोमा यो समाचार तयार पार्दासम्म ७१ जनाको मात्र रिपोर्ट प्राप्त भएको छ । प्राप्त ७१ जनाकै रिपोर्ट नेगेटिभ आएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । गत भदौ ४ गते बिहिबार रुबि डिपार्टमेन्ट का एक सँचालन ३० वर्षिय पुरुषमा सँक्रमण पुष्टी भएपछी शुक्रबार रुबि डिपार्टमेन्ट सँचालकको परिवारका सदस्य, डिपार्टमेन्टमा कर्मचारी लगायत उनको सम्पर्कमा आएका ७४ जनाको स्वाब सँकलन गरिएको थियो । आज उनको परिवारका ३ जना सदस्य बाहेक सबैको रिपोर्ट आएको हो र सबैको रिपोर्ट नेगेटिभ आएको कुरा शाखाले जनाएको छ । डिपार्टमेन्ट मा कार्यरत पाचै जना कर्मचारी हरुको समेत रिपोर्ट नेगेटिभ आएको हो । परिवारका ३ जना सदस्यको भने रिपोर्ट आउन बाँकी रहेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएको छ ।
गौरीगञ्जका १ बाहेक आज झापामा अन्य ७ जनामा सँक्रमण पुष्टी भएको छ । झापाको भद्रपुरमा १ महिला ३ पुरुष, कमल गाउँपालिकामा १ महिला १ पुरुष, र दमक १ पुरुष, को रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गौरीगञ्जका १ पुरुष सहित झापामा थपिए ८ सँक्रमित
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्

