गौरीगञ्ज दर्पणले खोज कार्य तिब्र बनाएपछी गौरीगञ्ज ३ ठेकीटोल स्थित ठेकीटोला कृषि सहकारीले आफुले कृषकको नाममा ल्याएको चैते धान कृषक अनुदान रातारात बाँडेको छ । ठेकीटोला कृषि सहकारीले आफ्नै सेयर सदस्यहरुको नाममा अनुदान ल्याएको हो । सहकारीले गए रातीनै हिजो अर्थात साउन २८ को मिती राखेर अनुदान लिस्टमा परेका सबै सेयर घनीहरुको खातामा रकम जम्मा गरेको हो ।
सहकारीले अनुदानको रकम हिजो सम्म प्राइम बैकको खातामा सुरक्षित राखेको कुरा स्विकारेको छ भने रकम निकासा गरेर ल्याइ सकेपछी असार २० गते बैठक बसि सो रकम साउन मसान्त सम्ममा बाड्ने निर्णय गरेको ले रकम बाँड्न ढिला भएको जनाएको छ ।
सहकारीको नियतमै प्रश्न उठ्न थाले पछी सहकारीले मँगलबार साँझ लिस्टमा भएका हरुलाइ घरघरै पुगेर बुधबार बिहान ठेकीटोल स्थित गौरी प्राबिमा पैसा लिन आउन भनेको कुरा एक स्थानीय महिलाले हामीलाइ बताए । ति महिलाको भिडियो टेप हामी सँग सुरक्षित छ । एक स्थानियले दिएको सुचनाकै आधारमा आज बुधबार बिहान ६ बजे हामी ठेकीटोल स्थित गौरी प्राबि पुग्दा त्यहा सबै उपस्थित भइ सकेका थिए ।
उनिहरुले आफुहरु आन्तरिक छलफलका लागि भेला भएको कुरा बताए पनि गए राती लिस्टमा भएकाहरुको खातामा रकम जम्मा गरि दिएको जानकारी दिन र सो बापत अर्को नयाँ भर्पाइमा हस्ताक्षर गराउन सो भेला डाकिएको थियो ।
आज भएको सो भेलाको माइन्युटमा मिती नै नराखि अनुदान रकम बुझिलिएको भर्पाइमा सबैलाइ हस्ताक्षर गराइएको थियो ।
यति मात्र हैन गए राती गौरीगञ्ज दर्पणले ठेकिटोला सहकारीको अनुदान लिस्टमा एकै ब्यक्तीको दुइ ठाउ नाम रहेको कुरा सार्वजनिक गरे पछी सहकारीले रातारात लिस्ट सच्याएको र एकै परीबारका दुइ ब्यक्तीहरुको नाम मध्ये एउटाको नाम र दुइ ठाउमा नाम भएको मध्ये एक एक वटा नाम हटाइ पाच जना नयाँ ब्यक्तीलाइलाइ लिस्टमा समाबेस गरेको पाइयो
सोहि भेलामा भेटिएका सँस्थाका अध्यक्ष होमनाथ दाहाललाइ यत्रो दिन सम्म जनतालाइ यसबारे किन सुचना नगरिएको भनेर सोधेका थियौ । उनले सुचना टाँस नगरे पनि ब्यक्ती ब्यक्ती खबर गरिएको कुरा बताए |
यद्यपी गए राती हामीले ठेकिटोल पुगेर अनुदान लिस्टमा भएका केहि कृषकहरुलाइ अनुदान आएको बारे सोध्दा उनिहरु सो बारे आफुहरु अनभिज्ञ रहेको र भर्पाइमा आफुहरुले हस्ताक्षर नगरेको कुरा बताएका थिए । हामीले ति ब्यक्तीहरुका भिडियो र अडियो टेप पनि सुरक्षित राखेका छौ |
गए राती हामीले गौरीगञ्ज दर्पणको फेसबुक पेज लाइभ मा यस सँस्थामा अनुदान कार्यक्रमको फाइल रेकर्ड नै नरहेको र सोको रेकर्ड लिन यस सहकारीका रिण उप समिती सँयोजक भक्ती तिम्सिनाले हिजो कै मितीमा निबेदन दिइ कृषि ज्ञान केन्द्र बाट रेकर्डको प्रतिलिपि मगाएको कुरा देखाएका थियौ । सहकारी बाट अनुदान रेकर्ड फाइल कसरी हरायो भनेर समेत हामीले सँस्थाका अध्यक्ष दाहाललाइ प्रश्न सोधेका थियौ । उनले सो रेकर्ड कार्यालयबाट नहराएको बताए
उनको जवाफमा चित्त नबुझे पछी हामीले फायलको प्रतिलिपि लिन कृषि ज्ञान केन्द्र पुग्नु भएका सँस्थाका रिण समिती अध्यक्ष भक्ती प्रसाद तिम्सिनालाइ सोहि प्रश्न सोध्यौ । उनले अध्यक्षले नै भनेपछी रेकर्डको फोटोकपी लिन चन्द्रगढी पुगेको कुरा बताए. |
यि दुवैको जवाफनै एक अर्का सँग बाँझिएको छ
सँस्थाले रातारात लिस्ट सच्याएर रातारात नै अनुदान रकम त बाड्यो तर के बास्तबिक कृषकले अनुदान पाए त यस बारे पनि गौरीगञ्ज दर्पणले खोजि गर्यो । खोजि गर्दा दस कट्ठा मात्र मा चैते धान रोपेका कृषकले पनि डेढ बिघा अर्थात एक हेक्टरको अनुदान बुझेको पाइयो ।
यस बारे हामीले सँस्थाका अध्यक्ष दाहाललाइ फेरी प्रश्न सोध्यौ उनले थोरै खेती गरेका लाई सोहि अनुसारको रकम बाडेको दाबी गरे
तर बुधबार बनाईएको नयाँ भरपाईमा सबैलाई 30 / 30 कट्ठाकै रकम बाडेको पाईयो. |
अध्यक्ष दाहालले कम खेती गर्नेलाइ कम रकम दिने हामीलाइ बताए पनि भर्पाइमा एक हेक्टर अर्थात डेढ बिघाकै रकम दिइएको छ ।
सहकारीले आफ्नो एउटा गलति ढाकछोप गर्न अर्को गलति गरिरहेको छ । जिल्लामा एक किसिमको भर्पाइ पेस गरेर रकम निकासा गरे पनि सँस्थाले पुन नयाँ भर्पाइ तयार पारेको छ ।
कृषि ज्ञान केन्द्र झापाले गौरीगञ्ज भित्रका चार बटा सँस्थालाइ दिएको रकम र प्रति सँस्था कृषक सँख्या अनि किस्नी बारी र पारी का सँस्थामा पठाएको रकमको तथ्याँक नै मेल नखाएको नयाँ तथ्य फेला परेको छ । यस बारे हामी अर्को रिपोर्टमा खुलासा गर्नेछौ ।
गौरीगञ्ज दर्पणका लागि मदन राजवँशी गौरीगञ्ज ।










